साधारण सेयर आबेदन गर्दा बाँकी रहेको पैसा र नगद लाभांश नलिने पाँच बर्ष पुरानालाई अब यस्तो आपत्

Nov 17, 2016 Merolagani

साधारण सेयरमा आबेदन गर्दा सेयर नपरी बाँकी रहेको पैसा लिन ढिलाई गर्नुभयो ? यदि तपाइँले पनि पाँच बर्षदेखि पैसा फिर्ता लिनुभएको छैन भने अब त्यो पैसा सदाका लागि फ्रिज हुँदैछ । 

कम्पनी रजिष्ट्रारको कार्यालयले सबै सुचिकृत कम्पनीहरुलाई परिपत्र गरी लगानीकर्ताले फिर्ता नलिएको पाँच बर्ष पुरानो रकमका बारेमा जानकारी दिन एक महिनको अबधि तोकेको छ ।

 

सुचिकृत कम्पनीहरुले पाँच बर्ष अघि बितरण गरेको नगद लाभांस तथा शेयर आबेदन गर्दा बाँकी रहेको पैसा फिर्ता नलिएको भए लगानीकर्ता संरक्षण कोषमा जाने ब्यवस्था गरिएको छ ।

तत्काल त्यस्तो रकम फिर्ता नलिने लगानीकर्ताले सदाका लागि रकम गुमाउनु पर्ने भएको छ । लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएबाट आम सर्बसाधारण लगानीकर्ता भने लाभांन्वित हुनेछन् ।

यस अघि कम्पनीहरुले पटक पटक सुचना प्रकाशित गरी सुचिकृत कम्पनीमा जम्मा भएको अर्बौ रुपैंया नगद लाभांस संकलन गर्न लगानीकर्तालाई आग्रह गरेका थिए । ५ वर्ष भन्दा लामो समयसम्म नगद लाभांस तथा शेयर नपरेको पैसा संकलन नभए पछि त्यसलाई पूँजी बजार सुधारको काममा प्रयोग गर्न लागिएको हो ।

 

कम्पनी ऐन २०६३ अनुसार भएको व्यवस्थाले लगानीकर्ता संरक्षण कोषको स्थापना, व्यवस्थापन तथा सञ्चालनको लागि कार्यविधि स्वीकृत भए पछि स्थापना गरिएको कोषमा त्यस्तो रकम जम्मा गर्न लागिएको हो । लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ अनुसार स्थापित  कोषमा अब त्यस्तो रकम जम्मा भए पछि लगानीकर्ताले वर्षौदेखि सुचिकृत कम्पनीमा जम्मा भएको नगद लाभांस संकलन गर्न पाउने छैनन् ।

सूचना निकालेर पटक पटक ताकेता गर्दा पनि तपाईले लाभांस संकलन गर्नु भएको थिएन भने अब सम्झनुस ब्यक्तिगत रुपमा पछि पर्नुभयो तर धेरैको हित गर्ने काममा तपाइँको पनि योगदान भने हुनेछ । । यसका लागि कोषले सुचिकृत कम्पनीहरुलाई एक महिना भित्रमा सम्पुर्ण विबरण उपलब्ध गराउनका लागि परिपत्र जारी गरेको हो ।

नगद लाभांश फिर्ता लैजान बाँकी रकम बाणिज्य बैंकहरुमा मात्रै एक अर्ब ५१ करोड छ भने सबै कम्पनीको जोड्दा अझ धेरै हुनसक्छ । त्यस्तै कयौं लगानीकर्ता सेयर नपरेको पैसा फिर्ता लिन गएका छैनन् । 

सबै कम्पनीमा रहेको यस्तो रकमको जानकारी कोषले पाए पछि सोही अनुसार रकम कोषमा रकमान्तर हुनेछ ।

पुराना सामग्री ...

सनराइज बैंकको नगद लाभांस र आइपिओमा शेयर नपरेको पैसा फिर्ता नलिनेलाई यस्तो आयो ताकेता

वाणिज्य बैंकले बितरण गरेको डेढ अर्ब बढीको लाभांस यसरी थन्कियो बैंकमा, कुन बैंकमा कति रकम भयो जम्मा ?

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...................................................................................................................................................................

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।