गोर्खाज फाइनान्सको सेयर कारोबार खुल्यो

Apr 02, 2017 merolagani

काठमाडौ फाइनान्स र गोर्खा विकास बैंक गाभिए बनेको गोर्खाज फाइनान्सको आइतबारबाट नेप्सेमा सेयर कारोबार खुलेको छ । नेप्सले फाइनान्सलाई जियुएफएल 'GUFL' कोड दिएको छ । साथै आइतबार नै यो कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको छ ।



दुई कम्पनी गाभिएर बनेको गोर्खाज फाइनान्सको नेप्सेमा ५७ लाख ८६ हजार ६२५ कित्ता सेयर सूचिकृत भएको छ । मर्जपछि बनेको फाइनान्सको हाल ५७ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी रहेको छ ।

फाइनान्सले धितोपत्र बोर्डबाट हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको छ ।
हाल ५७ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी रहेको गोर्खाज फाइनान्सको ५० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ८८ करोड नाघ्नेछ । ।

नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीहरुलाई ०७४ आषाढसम्म फाइनान्स कम्पनीहरुलाई ८० करोड रुपैंयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।