एनएमबी बैंकको बोनस सेयर पाउन कसले तिर्नुपर्छ कर ?

Apr 03, 2017 merolagani



 लगानीकर्ताले सास्ती पाउँदा राष्ट्र बैंक र धितोपत्र बोर्डलाई हाईसन्चो ? 
गाभ्ने र गाभिने कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकले दिएको कर छुटका कारण एनएमबी बैंकका सेयरधनीले पनि सास्ती पाउने भएका छन् । बैंकले गत बर्षको खुद नाफाबाट बितरण गरेको १९ प्रतिशत बोनस सेयर पाउन लगानीकर्तालाई लाइनमा बसेर कर तिरी त्यसको प्रमाण बिक्री प्रबन्धककोमा पेश गर्नुपर्नु झंझट आईलागेको छ । 

 

असोज मसान्तसम्म बैंकको सेयर किनेका सेयरधनीले बोनसबापतको कर तिर्न नपर्ने तथा बोनसको कर बापतको रकम समेत पछि सूचना मार्फत प्रदान  गरिने तर त्यस पश्चात साधारणसभा प्रयोजनका लागि सेयरभनी पुस्तिका बन्द हुँदाको समयमा सेयर किनेका लगानीकर्ताले बोनसको कर लाग्ने व्यहोरा समेत बैंकले स्पष्ट पारेको छ ।

कुनै लगानीकर्ताले कर नतिरी बोनस सेयर पाउने र कुनैले बोनस सेयर पाउन कर तिर्नुपर्ने ब्यवस्थाले सर्बसाधारण लगानीकर्ताहरु मारमा परेका छन् । कन्चनपुरका कुनै लगानीकर्ताले बोनस पाउने आशमा एनएमबी बैंकको ५० कित्ता सेयर किनेको अबस्थामा त्यसको कर तिर्न काठमाडौ नै धाउनु पर्ने, लाईन बस्नुपर्ने र त्यसरी कर तिरेको प्रमाण बिक्री प्रबन्धकको कार्यालयमा पेश गरेर हप्ता दिनसम्म कुर्नुपर्ने झंझटले लगानीकर्तालाई सास्ती भएको छ ।

...[लौ चिन्नुहोस् आफ्ना साधारण सेयरधनीलाई हदैसम्म सास्ती दिनखोज्ने नौ कम्पनी]...

लगानीकर्ताको यस्तो पीडा हटाउन न त सम्न्धित कम्पनी नै लागेको छ न त धितोपत्र बोर्डले नै चासो दिएको छ । बैंकले आफुले क्लिन र्इनर्जी लगायत केही कम्पनीलाई मर्ज गर्दा पाएको कर छुटको सुबिधा उपयोग गरेको बहाना गरेर लगानीकर्ताको पीडालाई वेवास्ता गरिरहेको देखिन्छ ।

एनएमबि बैंकले  साधारणसभाका लागि सेयरधनी किताब बन्द हुँदा सम्म डिम्याट गराई सकेका सेयरधनीलाई बोनस सूचिकरण पश्चात सिधै खातामा नै प्रदान गर्ने भएको छ ।

...[मुक्तिनाथ र सनराइज बैंकका लगानीकर्ताले अझै किन पाएनन् डिम्याट खातामा सेयर ?]...

पुस ७ गतेसम्म डिम्याट गराएका लगानीकर्ताले डिम्याट खातामा नै सेयर पाउनेछन् भने  डिम्याट नगरेका लगानीकर्ताहरुलाई बैंकले बैंकको सेयर रजिष्टार एनएमबि क्यापिटल वा अन्य निक्षेप सदस्यकोमा खाता खोली भौतिक सेयरलाई अभौतिक गराई छिटो बोनस पाउने ब्यवस्था मिलाउन भनेको छ । सेयर अभौतिक गराएपछि बोनस सेयर जम्मा गरिदिने बैंकले स्पष्ट पारेको छ ।

...[सनराइज बैंकका सेयरधनीले यसरी पाउने भए सास्ती]...

राष्ट्र बैंकले पूजी बृद्दी योजना ल्याएयता मर्जमा गएका सबै बैंक तथा बित्तीय संस्थाले कर छुटको लाभ लिदा लगानीकर्ता भने त्यसको सिकार भएका हुन । केही समय अघि सनराइज बैंक, मुक्तिनाथ बिकास बैंक लगायतले पनि यसरी नै लगानीकर्तालाई कर तिर्न लगाएका छन ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।