नेपाल बंगलादेश बैंकको ८० प्रतिशत हकप्रदको बिक्री बैसाख ७ गतेदेखि खुल्ने

Apr 11, 2017 Merolagani

नेपाल बंगलादेश बैंक(NBB)ले चैत्र १६ गतेसम्म कायम सेयरधनीहरुले खरिद गर्न पाउने ८० प्रतिशत हकप्रद सेयरको बिक्री बैसाख ७ गतेदेखि गर्ने भएको छ । बैंकले चुक्ता पूँजी आठ अर्ब पुर्याउन तीन करोड २० लाख ९६ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

 चैत्र १६ गतेसम्म कायम सेयर धनीले आफुसँग भएको १० कित्ता बराबर ८ कित्ताका दरले प्रति कित्ता एकसय रुपैयाँ तिरेर सेयर किन्न पाउने छन् । उनीहरुले जेठ १० गतेभित्रमा हकप्रदका लागि आबेदन दिईसक्नु पर्नेछ ।

बंगलादेशी साझेदारहरुको संस्थापक हिस्सा धेरै रहेको बैंकको हाल चुक्ता पूँजी चार अर्ब एक करोड रहेकोमा हकप्रद जारीपछि सात अर्ब २१ करोड पुग्नेछ । बाँकी पूँजी चालु बर्षको बोनसबाट पुरा गर्ने लक्ष्य बैंकको रहेको देखिन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।