८० प्रतिशत हकप्रद बिक्री गर्दै गरेको नेपाल बंगलादेशलाई अरु धेरै प्रगति गर्नुपर्ने बाध्यता

Apr 26, 2017 Merolagani

बाणिज्य बैंकहरुको प्रगति बिबरण आउने क्रम जारी रहँदा हाल ८० प्रतिशत हकप्रद बिक्री गरिरहेको नेपाल बंगलादेश बैंक(NBB)लाई अरु धेरै प्रगति गर्नुपर्ने आबश्यकता खटकिएको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा अघिल्लो बर्षको तुलनामा १७ प्रतिशतले मात्रै खुद नाफा बढेको छ तर बढेको पूँजीलाई हिसाब गर्दा प्रगति दर न्युन हुनजान्छ ।

 

नोटः रकमलाई करोडमा देखाईएको छ ।

बंगलादेश बैंकको प्रगति मेरोलगानीको आँकलनसँग लगभग मिलेको देखिन्छ  ।


बंगलादेश बैंकले निक्षेप संकलन र कर्जा परिचालन रकम पनि धेरै बढाउनु पर्ने टडकारो आबश्यकता छ । अहिलेकै पोर्टफोलियोले उसले बढेको पूँजी अनुसार लगानीकर्ताको अपेक्षा पुरा गर्न सक्दैन । आम्दानी नबढाउने हो भने ८० प्रतिशत पूँजी थपिएपछि ईक्विटीमा प्रतिफल हालको १६.०७ भन्दा धेरै कम भएर जान्छ, प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँमा पनि ह्रास आउने अबस्था हुन्छ ।

बंगलादेशी साझेदारहरुको धेरै संस्थापक हिस्सा र केही समय यता सुधारको क्रमलाई तिब्रता दिएको बैंक हुनाले उसले आगामी दिनमा अपेक्षित प्रगति गर्नसक्ने संभावना छ । निस्क्रिय कर्जा अनुपातलाई घटाएकाले त्यस्तो आशा गर्नुपर्ने थप आधार पनि छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।