हाल कैलाशको चुक्ता पूँजी एक अर्ब ९७ करोड रुपैयाँ र जगेडाकोषमा ८३ करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ ।
समिक्षा अवधिमा बैकले १६ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरि १४ अर्ब ६८ करोड ३३ लाख रुपैयाँ कर्जा लगानीबाट ६७ करोड पाँच लाख खुद व्याज आम्दानी कमाएको छ ।
बैकले संम्भावित जोखिमका लागि छ करोड रुपैयाँ व्यवस्था गरेको छ भने दुई करोड ३२ लाख राईटव्याक गरेको छ ।
त्यस्तै दश करोड रुपैयाँ चुक्ता पूँजी रहेको कसमसको जगेडाकोषमा चार करोड रुपैयाँ सञ्चित रहेको छ । समिक्षा अवधिमा बैकले ६१ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरि ६० करोड ३५ लाख रुपैयाँ कर्जा लगानीबाट तीन करोड ९६ लाख खुद व्याज आम्दानी कमाएको छ । बैकले संम्भावित जोखिमका लागि १९ लाख ४० हजार रुपैयाँ व्यवस्था गरेको छ ।
कैलाशको प्रतिसेयर आम्दानी २४.८४ रुपैयाँ, निष्कृय कर्जा अनुपात शुन्य दशमलव ९३ प्रतिशत, प्रतिसेयर नेटवर्थ १४२.३७ रुपैयाँ, तरलता अनुपात २७.२९ प्र्रतिशत र मूल्य आम्दानी अनुपात १६.१८ गुणा रहेको छ ।
यस अवधिमा कसमसले निष्कृय कर्जा अनुपातलाई घटाएर शुन्य दशमलव २६ प्रतिशतमा झारेको छ । बैंकको पूँजी बढेअनुरुप कमाई बढ्न नसक्दा गत बर्ष २४.७३ रुपैयाँ प्रतिसेयर आम्दानी रहेकोमा केही घटेर २२.९० रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३९.७८ रुपैयाँ, तरलता अनुपात २३.३० प्रतिशत र मूल्य आम्दानी अनुपात १८.६९ गुणा रहेको छ ।