राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकता, कसलाई कति बजेट ?

May 29, 2017 merolagani

सरकारले आगामी आर्थिक बर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । सरकारले ठुला जलविद्युत आयोजना,विमानस्थल, सडक, रेलमार्ग तथा खानेपानीका लागि प्राथमिकतामा राखेर बजेट व्यवस्था गरेको छ ।

सरकारले माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न गर्न ५० करोड रुपैयाँ विनीयोजन गरेको छ । त्यस्तै बुढीगण्डकी आयोजनाको लागि मुआब्जा वितरणको लागि १० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

रानीजमरा, भेरी- बबई, सिक्टा सिचार्ई आयोजनमा लगाययतका आयेजनमाका लागि ५ अर्ब १६ करोड रुपैयाँ छुट्याएको छ ।

नीजगढ ,भैरहवा र पोखरा विमानस्थलका लागि १३ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरेको छ । दु्रत मार्ग निमार्णका लागि दश अर्ब १४ करोड र हुलाकी राजमार्गका लागि ४ अर्ब २७ करोड रुपैयाँ छुट्याएको छ ।

पूर्वपश्चिम रेलमार्ग लगायतका विभिन्न रेलमार्ग अध्ययनका लागि ४ अर्ब दुई करोड र पशुपति क्षेत्र तथा लुम्बिनी क्षेत्र विकासका लागि एक अर्ब १६ करोड रुपैयाँ सरकारले विनियोजन गरेको छ ।

त्यस्तै सरकारले मेलम्ची खानेपानी आयोजनका लागि ६ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।