ग्राहकलाई सहज सेवा दिन बीमा कम्पनीलाई निर्देशन

Jun 12, 2017 merolagani

एनबी इन्सुरेन्सको १९औं शाखा ललितपुरको जावलाखेलमा
बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईले ग्राहकलाई चुस्त र सहज सेवा दिन बीमा कप्पनीहरुलाई निर्देशन दिएका छन । एनबी ईन्स्योरेन्सले ललितपुरकोे जावलाखेलमा संचालनमा ल्याएको शाखाको उद्घाटन गर्दे चापागाईले सो निर्देशन दिएका हुन ।

 

सो क्रममा चापागाईले रोजगारी बढाउन बीमा क्षेत्रको ठूलो योगदान रहेको बताए ।साथै उनले लगानीकर्ताको हितलाई ध्यानमा राखेर ग्राहकलाई चुस्त र सहज सेवा उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

साथै अध्यक्ष चापागाईले सबैले आ आफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न पनि आग्रह गरे । उनले एनबी ईन्स्योरेन्सले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएको बताए ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले चालु आ.ब. को तेश्रो त्रेमाससम्ममा ४९ कारोड बीमा शुल्क आर्जन गरी ६ करोड २० लाख खुद मुनाफा आर्जन गरेको र हालसम्म करिब ६० करोड बीमा शुल्क आर्जन गरेको जानकारी दिए ,

इन्स्योरेन्सले आगामी असार ५ गतेदेखि एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैंयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।