नेपाल वायुसेवा निगमलाई वाइडबडी जहाज खरिद गर्न नागरिक लगानीकोषले १२ अर्ब ऋण दिने

Jun 12, 2017 merolagani

नेपाल वायुसेवा निगम र नागरिक लागनीकोष (CIT) बीच सोमबार ऋण प्रवाह सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुईवटा वाइडबडी जहाज खरिदका लागि कोषले निगमलाई १२ अर्ब रुपैयाँ ऋण दिने भएको हो ।



निगमका अनुसार वाइडबडी जहाज खरिदका लागि नेपाल सरकारको जमानतमा नागरिक लगानीकोषले १२ अर्बको ऋण सम्झौता गरेको हो । कोषले पन्ध्र वर्षका लागि नौ प्रतिशत ब्याजदरमा १२ अर्ब रुपैयाँ  नेपाल वायुसेवा निगमलाई ऋण दिने भएको हो ।

निगमले आइतबार मात्रै कर्मचारी सञ्चयकोषसँग पनि ऋण प्रवाह सम्झौता गरेको थियो । कर्मचारी सञ्चयकोषले पनि निगमलाई १२ अर्ब रुपैयाँ नै ऋण लगानी गर्ने भएको छ ।

निगमले २०७५ जेठभित्र दुईवटा वाइडबडी जहाज खरिदका लागि अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनसँग खरिद सम्झौता गरिसकेको छ । निगमले खरिद सम्झौता सँगसँगै पहिलो किस्ताबापतको करिब ३५ प्रतिशत रकम यही महिनाभित्र भुक्तान गर्दैछ ।

निगमले ल्याउने जहाज २८० सिट क्षमताको हुनेछ । वाइडबडी जहाज आएसँगै युरोप र अमेरिकामा पनि सिधै उडान गर्ने योजना निगमले बताएको छ । निगमसँग अहिले अन्तर्रा्ष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी जहाज र एउटा बोइङ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।