लिलामको सेयर उचालिएर किन्नेलाई लौ आयो यस्तो चुनौति

Jun 29, 2017 Merolagani

काठमाडौ । दोस्रो बजारमा सस्तोमा सेयर किन्न पाईदै गर्दा लिलामको सेयरलाई बजारमूल्य भन्दा कयौं बढी हालेर लिलाम सकार्नेहरुलाई अब भने ठूलो चुनौति आएको छ । बजार मूल्य भन्दा माथि गएर एउटा बैंकको कति कित्ता सेयर किन्ने ? एक लाख, पाँच लाख, १० लाख वा ३३ लाख कित्ता ? ज्योति बिकास बैंक(JBBL)को सेयर लिलामको सूचनाले यही प्रश्न जन्माएको छ ।

साधारण भन्दा संस्थापक धेरै

हालै मात्र एक बराबर एक अनुपातमा हकप्रद बिक्री गरेको ज्योति बिकास बैंकको ३३ लाख ७७ हजार कित्ता सेयर सेयरधनीले किनेनन् । सबैभन्दा धेरै संस्थापक सेयरधनीले पैसा हाल्न चाहेनन् भन्ने देखिएको छ । लिलाममा आएको सेयर मध्ये २८ लाख १२ हजार ३३६ कित्ता संस्थापक हो भने पाँच लाख ६५ हजार एकसय ७१ कित्ता साधारण सेयर हो । दुबै सेयर बैंकले आउने असार २८ गतेसम्म लिलाम बिक्रीमा राखेको छ ।


कति मूल्य हाल्ने ?

यसअघि ११ कम्पनीका लाखौं कित्ता सेयर लिलाममा आईरहेको बेला ज्योतिको ठूलो कित्ता सेयर पनि थपिएपछि बजारमूल्य भन्दा उचालिएर लिलाम सकार्नेहरुलाई आपत नै आईलागेको जस्तो देखिएको छ । सामान्यतया बजार मूल्य भन्दा २० प्रतिशत कममा लिलामको सेयर सकार्दा फाईदा हुनेमा केही लगानीकर्ता बजार मूल्य भन्दा माथि गएर तछाड मछाड गर्दै लिलाममा सहभागी भईरहेका छन्, जुन घाटा हो ।

११ कम्पनीका लाखौं कित्ता सेयर लिलाममा किन्ने अवसर, उचालिएर मूल्य हाल्ने मुर्खता गर्दै नगर्नुहोस्

बजारमा ४३२ मै पाइने एनआईसी एशियाको सेयरलाई लिलाममा कसले हाल्यो ६१३ रुपैयाँ ?

कृषि बिकास बैंकको सेयर लिलामः प्रारम्भिक बिबरण हेर्दा यस्तो देखिन्छ


ज्योतिको संस्थापक सेयर असार २८ गतेसम्म संस्थापकले मात्रै किन्न पाउँछन् तर त्यसबेलासम्म पनि बिकेन भने मात्र सर्बसाधारणका लागि दोस्रोपटक लिलाममा निस्कने छ । संस्थापकले पुरै सेयर किन्ने संभावना कमजोर रहेकाले सर्बसाधारणले पनि अवसर पाउने छन् तर निश्चित प्रक्रिया पुरा गर्नुपर्ने र दोस्रो बजारमा सिधै बेच्न नपाईने हुँदा संस्थापक सेयरमा लगानी गर्नुअघि दश पटक सोच्नुपर्ने हुन्छ ।


बजार मूल्य नै २१३ रुपैयाँ रहेको ज्योतिको साधारण सेयरलाई लिलाममा ३१३ रुपैयाँ हाल्ने मुर्खहरु पनि नआउलान् भन्न सकिन्न तर २१३ रुपैयाँको २० प्रतिशत कम रकम कबुल्दा फाईदै होला । त्यसमा पनि बिचार गर्नुपर्ने पक्ष के छ भने लिलामको सेयर सुचीकरण हुँदासम्म दोस्रो बजारमा कस्तो उतार चढाव आउँछ र हकप्रद सेयर सुचकिरणपछि बजारमा आपुर्ति बढ्दा मूल्य कति तल झर्छ ? अहिले १०० कित्ता सेयर भएका लगानीकर्तासँग हकप्रद सुचिकरणपछि २०० कित्ता हुन्छ र बेच्नेहरु धेरै आउँछन् । माग र आपुर्तिको सन्तुलन नमिल्दा मूल्यमा घटबढ हुन्छ ।

 

कस्तो छ ज्योतिको बित्तीय अबस्था ?

 

ज्योतिको कमाई र आधारभुत अबस्थातर्फ बिचार गर्दा दुई अर्ब २० करोड चुक्ता पूँजी कायम हुँदा प्रति सेयर आम्दानी ११ रुपैयाँ हाराहारीमा खुम्चिने छ । निस्क्रिय कर्जा एक प्रतिशत भन्दा कम भए पनि जगेडा कोष निकै कमजोर भएकाले आउने साधारणसभामा धेरै लाभांश पाईएला भन्ने कुरामा त्यत्ति आशाबादी हुनसकिन्न । यद्यपी ज्योति क्रमशः सुधारिदै आएकोमा नायव कार्यकारी मनोज ज्ञवालीले बैंकलाई अझै सबल बनाउने प्रयास जारी राखेका छन् ।

ज्योतिको सेयर लिलामीमा सहभागी हुन सिद्धार्थ क्यापिटलको कार्यालयबाट आबेदन पत्र प्राप्त गर्न सकिने छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।