राष्ट्रिय बीमा कम्पनीको प्रतिसेयर आम्दानी ८८ रुपैंया हो कि १९० ? यस कारण आएन प्रष्ट विबरण

Aug 17, 2017 Merolagani

राष्ट्रिय बीमा कम्पनी (RBCL) ले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कमाईमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २३ करोड ७० लाख छ हजार रुपैंया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा उसले १६ करोड ३७ लाख ९४ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

 

 

 

 

 

 

 

 

समीक्षा अवधिमा कम्पनीले खुद नाफा ४४.६९ प्रतिशतले बढाएको हो । आर्थिक वर्ष २०६० ०६१ देखि २०६२ ०६३ सम्म गरी तीन आर्थिक वर्षको साधारण सभा गरिसकेको कम्पनीले हाल कायम पूँजीभन्दा धेरै बोनस बितरण गरिसकेको छ । तर गत आर्थिक वर्षको चौथो त्रैमासमा उसले उक्त बोनसलाई पूँजीकरण गरेको छैन । जसका कारण उसका सबै जसो सुचकहरु प्रष्ट हुन सकेका छैनन् ।

समग्रमा तीन आर्थिक वर्षको गरी ११४ प्रतिशत हाराहारीमा बोनस बितरण गरेको कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार हुनु पर्ने भए पनि वित्तीय विबरणमा साविकको १२ करोड ४४ लाख ४० हजार रुपैंयाको पूँजी उल्लेख गरिएको छ । यस अघि बितरण गरिएको बोनस नेपाल धितोपत्र बोर्डमा सुचिकरणको प्रकृयामा रहेकाले पूँजीकरण गर्न नसकिएको कम्पनीले जनाएको छ ।

बोनस पूँजीकरण नहुँदा कम्पनीको प्रतिसेयर आम्दानी एक सय ९० रुपैंया ४६ पैसा भएको वित्तीय विबरणमा देखाइएको छ । यस अघि वितरित बोसलाई पूँजीकरण गरेर प्रतिसेयर आम्दानी हिसाव गर्दा ८८ रुपैंया ८८ पैसा मात्र हुन आउँछ ।

उसको जगेडा कोषमा एक अर्ब ९३ करोड ७३ लाख ६८ हजार रुपैंया सञ्चित छ । प्रतिसेयर नेटवर्थ दुई हजार पाँच सय २२ रुपैंया २३ पैसा रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ६९.८३ गुणा मात्र बढी रहेको वित्तीय विबरणमा उल्लेख छ । बोनस पूँजीकृत नभई निर्धारण गरिएको प्रतिसेयर आम्दानीका आधारमा मूल्य आम्दानी अनुपात निकालिएको हुनाले त्यसमा अझै फराकिलो अन्तरले वृद्धि हुने देखिन्छ । २६ करोड ६६ लाख पूँजीबाट निस्केको प्रतिसेयर आम्दानी ८८ रुपैंया ८८ पैसाका आधारमा हेर्दा अहिले कम्पनीको मूल्य आम्दानी अनुपात १९८ गुणाले बढी हुन आउँछ ।

२३ करोड ९२ लाख ७३ हजार रुपैंयाको खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले दुई करोड २७ लाख ८८ हजार रुपैंया पुनर्बीमा कमिशनबाट आम्दानी गरेको छ । उल्लेखित दुवै शिर्षकमा गिरावट आउँदा कम्पनीले अन्य सुचकमा केही वृद्धि गर्दा पनि नाफा नोक्सान हिसाव ऋणात्मक देखाएको छ । १० करोड छ लाख ४८ हजार रुपैंयाको खुद बीमा दाबी भुक्तानी गरेको कम्पनीले भुक्तान गरिएको र भुक्तान हुन बाँकी बीमाको संख्या खुलाएको छैन ।

कम्पनीले ३५ करोड ७१ लाख ३५ हजार रुपैंया लगानी कर्जा तथा अन्य आयबाट आम्दानी गरी विविध शिर्षकमा खर्च गरेको छ । सबै खर्चहरु कटाएर उसले २३ करोड ७० लाख छ हजार रुपैंया खुद नाफा कमाएको हो ।
भदौ मसान्तसम्म बक्यौता आर्थिक वर्षको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन गरे पछि कम्पनी तिब्र रुपमा यसमा काम गरिरहेको छ । केही समयमा नै तीन आर्थिक वर्षको साधारण सभा गर्ने प्रकृयामा जाने तरखर कम्पनीले गरेको छ ।

 

...[राष्ट्रिय बीमा कम्पनीले तीन आर्थिक बर्षको एकसाथ साधारणसभा गर्ने तयारी]...

...[राष्ट्रिय बीमा र नागरिक लगानी कोषलाई भदौसम्म लेखापरीक्षण सक्नु अनिवार्य]...

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।