साना लगानीकर्तालाई सेयरकर्जा लिन बैंकहरुको ढोका बन्द !

Sep 07, 2017 merolagani

केही दिन यता बैंक तथा वित्तीय संस्थाहरुले आर्कषक विज्ञापन गरेर लगानीकर्तालाई धमाधम सेयरकर्जा लिन बोलाएका छन् । कतिपयले आवेदन गरेको एक वा दुई दिनमै कर्जा दिने घोषणा समेत गरेका छन्। तर बैंकमा सेयर कर्जा लिन पुगेका अधिकांस साना लगानीकर्ता भने रित्तो हात फर्कनु परेको छ ।

बजारमा तरलताको अवस्था सहज भएको भन्दै बैंकहरुले सेयरकर्जा लगानी विस्तार गर्ने क्रममा देखिएका छन् । तर उनीहरुले ल्याएको सेयर कर्जाका योजना साना लगानीकर्तालाई पूर्ण रुपमा वेवास्ता गरिएको छ । 

नबिल बैंकको पुल्चोक शाखामा सेयरकर्जा बारेमा बुझ्न गएका विष्णु सापकोटाले नबिल बैंकले दश लाख भन्दा कमको सेयर कर्जा नदिने गरेको बताए। यी बैंकहरुले ल्याएको कर्जा योजना हामी जस्ता साना लगानीकर्तालाई होईन रहेछ, सापकोटाले मेरोलगानीलाई गुनासो व्यक्त गरे । सात आठ लाख रुपैयाँ लगानी गरेका हामी जस्ता लगानीकर्ताले कर्जा नपाइने रहेछ उनले गुनासो पोखे ।

बैंकहरुले धितो राखिने सेयरको १ सय ८० दिनको मूल्य वा बजारको मूल्यमध्ये जुन कम हुन्छ त्यसको त्यसको बढिमा ५० प्रतिशतमात्र सेयर कर्जामा लगानी गर्न पाउँने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

सजिलो नबिल सेयर कर्जा योजना ल्याएको नबिल बैंकले १०.६१ प्रतिशत ब्याजदरमा सेयरकर्जा उपलब्ध गराएको छ । बैंकका कर्जा शाखाका कर्मचारी विनय अधिकारीका अनुसार बैंकले न्यूनतम १० लाखदेखि मात्र कर्जा उपलब्ध गराएको छ । साना लगानीकर्ताको पनि थुप्रै आवेदन आएको छ । तर अहिले दश लाख भन्दा कमको कर्जा स्वीकृत भएको छैन । हामीले दश लाख भन्दा कमको आवेदन नै लिएका छैनौ, उनले भने ।

तर यी बैंक तथा वित्तीय संस्थाहरुले दिने भनेको सेयरकर्जा साना लगानीकर्ताका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै भएको छ । बैंकहरुले सेयरकर्जा विस्तारमा 'सानालाई पाखा, ठुलालाई काखा' गरेको गुनासो आउन थालेको छ ।

यता मुक्तिनाथ विकास बैंकले सेवा शुल्कमा विशेष छुट भने पनि एक प्रतिशतसम्म सेवा शुल्क लिएर १४ प्रतिशत ब्याजदरमा सेयरकर्जा उपलब्ध गराएको छ । बैंकले न्यूनतम ५ लाख रूपैयाँ देखी ५ करोडसम्म कर्जा दिने गरेको कर्जा शाखाका कर्मचारी रोशन अर्यालले बताए । उनले भने हामीलाई ५ लाख भन्दा तलको कर्जा स्वीकृत नर्गन निर्देश गरिएको छ । बैंकले आवश्यक कागजात पेश गरेको २ दिनमै सेयर कर्जा दिने दाबी गरेको छ ।

एनआईसी एशिया बैंकले न्यूनतम २५ लाखदेखि अधिकतम १० करोडसम्म आफूसँग रहेको शेयर धितोमा राखी कर्जा लिन पाउने योजना सार्वजनिक गरेको छ ।

यसले बैंकले ठूला लगानीकर्तालाई काखा सानालाई पाखा गरेको देखिन्छ ।

एनआईशी एशिया बैंकका कर्जा प्रमुख लक्ष्मण चालिसेले सानो रकमका सेयरकर्जा धरै माग भएको स्वीकार गर्दे, यस्ता कर्जा प्रवाह गर्दा बैंकको लागत बढ्ने र कर्जाको अनुगमन गर्न पनि कठिनाई हुने हुँदा सानो रकमको कर्जा उपलब्ध गराउन नसकिएको बताए । 

यस्तै कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश सेयर लोन योजना ल्याएको जानकारी दिएको छ । बैंकले न्यूनतम १० लाखदेखी कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले एक प्रतिशत सेवा शुल्क लिने गरेको छ ।

अधिकांसले दश लाख भन्दा कमको कर्जा प्रवाह गरेका छैनन् । यसको अर्थ अहिले बजार मुल्यको आधारमा कम्तिमा २१ लाख भन्दा बढी मुल्यको सेयर भएका लगानीकर्ताले मात्र बैंकबाट सेयरकर्जा पाउने अवस्था छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले साना लगानीकर्ताहरुलाई बैंकहरुले कर्जा दिनै पर्छ भन्ने कुनै बाध्यताकारी व्यवस्था नभएको बताउँदै कर्जा नपाउने लगानीकर्ताले राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गरे ।बैंकहरुले ठूलो अनुपातमा साना कर्जाहरु परिचालन गर्दा लागत बढ्ने हुदा साना रकमका सेयर कर्जा प्रवाह नगरेको हुनसक्ने बताए । राष्ट्र बैंकले ५ लाख भन्दा कमको कर्जा दिनैपर्छ भनेर बाध्यताकारी व्यवस्था गरेको छैन । उनले भने ।

राष्ट्र बैंकको गएको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई प्राथमिक पूँजी (कोर क्यापिटल) को ४० प्रतिशत सेयरकर्जा परिचालन गर्न पाउने व्यवस्था गरेको छ ।

पूँजीवृद्धिको चटारोमा रहेका अघिकांस बैंकहरुको मर्जर, एक्विजिशन तथा हकप्रद लगायतले पूँजीको आकार बढेको छ भने कतिपयको जगेडाकोष पनि विस्तार भएको छ । जसले गर्दा उनीहरुको सेयरकर्जामा लगानी गर्ने क्षमता पनि विस्तार भएको देखिन्छ ।

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।