एनआईबीको ‘टाइप मिस्टेक’ अन्योलमा लगानीकर्ता, निरिह धितोपत्र बोर्ड

Sep 11, 2017 merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को गत बुधबारको सेयर कारोबारको राफसाफका बिषयमा नियमनकारी निकाय धितोपत्रले बोर्डले प्रष्ट धारणा नराख्दा लगानीकर्तामा अन्योलता बढेको छ । गलत सूचना जारी गरेको भन्दै धितोपत्र बोर्डले इन्भेष्टमेन्ट बैंकको गत बुधबारको सेयर कारोबार राफसाफ नगर्न निर्देशन दिएको छ ।

 

एनआईबीको लाभांश र लाभांश घोषणा गरेको दिन बुधबार खरिद बिक्री भएको सेयर के हुने भन्नेमा लगानीकर्ताको चासो छ । यो बिषयमा प्रष्ट र छिटो निर्णय आउनु पर्नेमा लगानीकर्ताको जोड छ ।

सेयर लगानीकर्ता विनोद थापाले बैंकले गरेको गल्तीको सजाय लगानीकर्तालाई दिन नहुने बताए । यो सम्बन्धमा धितोपत्र बोर्डले तत्काल निर्णय लिनुपर्छ । सो दिनको सेयर कारोबारको राफसाफ नहुँदा लगानीकर्ताको ७ करोड भन्दा बढी रकम बन्धक बनेको छ । ७ करोड सानो रकम होईन लगानीकर्ता थापाले भने ।

यता धितोपत्र बोर्डले इन्भेष्टमेन्ट बैंकलाई स्पष्टीकरण बुझाउन आईतबारसम्म समय दिइएकोमा स्पष्टीकरण प्राप्त भएको र सो बिषयमा छलफल चलिरहेको जानकारी दिएको छ ।

बोर्डका एक अधिकारीले अहिले नै सो दिनको कारोबार के गर्ने र कारबाही के हुने भन्ने बिषयमा निर्णयमा नपुगेको बताए । 'अहिले यो बिषयमा बोर्डमा छलफल भईरहेको छ, हामी छिट्टै नै निचोडमा पुग्छौ, ति अधिकारीले भने । 'गलत मनशायले गलत सूचना जारी गरीएको रहेछ भने कारबाही हुन्छ, अहिले अनुसन्धानको क्रममै रहेको छ.जे निर्णय हुन्छ लगानीकर्ताको हितमै हुन्छ, उनले भने ।

धितोपत्र बोर्डले कारबाहीको टुङ्गो नलागेसम्मका लागि इन्भेष्टमेन्ट बैंकको गत बुधबार एक दिनको सेयर कारोबार राफासाफ नगर्न निर्देशन दिएको छ ।

यता सो दिन इन्भेष्टमेन्ट बैंकको सेयर खरिद बिक्री गरेका लगानीकर्ताहरुले ब्रोकरहरुलाई नियमक निकायलाई दबाब दिन आग्रह गर्न थालेका छन । सेयर खरिद गरेका लगानीकर्ताले सो दिनको कारोबार रद्ध गर्नुपर्ने माग गर्न थालेको छन भने सेयर बिक्री गरेका लगानीकर्ताले कम्पनीले गलत सूचना जारी गरेकाले कम्पनीलाई कारबाही गर्नुपर्ने र सो दिनको कारोबार राफासाफ गर्नुपर्ने तर्क गर्न थालेको एक ब्रोकरले बताए ।

स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मी पनि लगानीकर्ताको लगानी बन्धक नबाउन यो बिषयमा नियमक निकायले छिटो निर्णय लिनुपर्ने बताउछन् । 'हामीले यसो नै हुनुपर्छ भन्न सक्दैनौ, नियमक निकायले यस बिषयमा निर्णय लिन्छ, तर हाम्रो भनाई यत्ति हो की धितोपत्र बोर्डले यो बिषयमा तुरुन्त निर्णय गर्नुपर्यो ।' रेग्मीले भने ।

इन्भेष्टमेन्ट बैंकले लाभांशबारेको सूचना जारी गरेको दिन गत बुधबार ७ करोड रुपैयाँ बढीको ९१ हजार २४७ कित्ता सेयर किनबेच भएको थियो ।

बुधबार इन्भेष्टमेन्ट बैंकले बजार खुलेलगत्तै २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने सूचना प्रवाह गरेको थियो । तर, त्यसको केही समयपछि ‘टाइप मिस्टेक’ भन्दै बैंकले अघिल्लो सूचनालाई सच्याई २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयरको निर्णय गरिएको जानकारी गराएको थियो ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।