लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन

Sep 22, 2017 merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (LGIL) को लिलामी सेयरमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन हो । यसअनुसार इच्छुक लगानीकर्ताले आज कार्यालय समय १ स्३० बजेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीले भदौ २८ गतेदेखि हकप्रदमा अवितरित ४२ हजार ८१५ कित्ता सेयर लिलाम बढाबढमा विक्री खुला गरेको हो ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर विक्री प्रबन्धक सिबिआईएल क्यापिटल रहेको छ । इच्छुक बोलकबोल दाताले न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य तोकि एक सय कित्ता वा सो भन्दा बढी १० ले भाग जाने गरि सबै कित्ता सेयरका लागि आवेदन गर्न सक्नेछन् ।


प्राप्त बोलपत्र असोज ६ गते बेलुका ४ बजे सिबिआईएल क्यापिटल बाटुलेघर डिल्लीबजारमा खुला गरिने क्यापिटलले जनाएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले असार ३० देखि भदौ १ गतेसम्म शतप्रतिशत हकप्रद (३९लाख कित्ता) बिक्री खुला गर्दा अवितरित सेयर लिलाम बढाबढमा शिलबन्दी बोलपत्र आह्वान गरेको हो । चालु आर्थिक वर्षभित्र कम्पनीले चुक्ता पूँजी बढाएर एक अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

हकप्रदपछि ७८ करोड रुपैयाँ पूँजी रहेको कम्पनीको सेयरमूल्य बुधबार नेप्सेमा ९२६ रुपैयाँ रहेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।