तिहार अघि नेपाली बजारमा भित्रिएला आइफोन ८ सिरिज ? हेर्नुहोस्, यस्ता छन् विशेषता

Oct 02, 2017 Merolagani

स्मार्टफोनको दुनयामा बेग्लै परिचय बनाएको एप्पलले उत्पादन गर्दै आएको आईफोनको पछिल्लो संस्करण नेपाली बजारमा भित्रिने भएको छ । एप्पलले सेप्टेम्बर १२ मा विश्व बजारमा सार्वजनिक गरेको आइफोनको उक्त संस्करण नेपाली बजारमा छिट्टै आउने भएको हो ।

स्मार्टफोनको दुनयामा बेग्लै परिचय बनाएको एप्पलले उत्पादन गर्दै आएको आईफोनको पछिल्लो संस्करण नेपाली बजारमा भित्रिने भएको छ । एप्पलले सेप्टेम्बर १२ मा विश्व बजारमा सार्वजनिक गरेको आइफोनको उक्त संस्करण नेपाली बजारमा छिट्टै आउने भएको हो ।

नेपालका लागि एप्पलको आधिकारिक बितरक जेननेक्स्ट कम्यूनिकेसनले केहि साता भित्रै आइफोन ८ र ८ प्लस सार्वजनिक गर्ने भएको हो । उसले एप्पलसँग नेपाली बजारमा नयाँ संस्करणका आईफोन बिक्री गर्न अनुमति पाईसकेको भन्दै दशैं लगत्तै
आईफोन ८ र ८ प्लसको बिक्री बितरण सुरु गर्ने जनाएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक पवन भिमसरियाकाअनुसार दशैं सकिने बित्तिकै तिहारलाई लक्षित गरेर आइफोन ८ र ८ प्लसस नेपालमा ल्याउने तयारी तिब्र रुपमा अघि बढिरहेको छ । उनले भने, ‘आइफोन ८ र ८ प्लसको टाइप अप्रुभल लिईसकेका छौं, दशैं सकिएपछि आइफोनको नयाँ संस्करण बजारमा सार्वजनिक गर्छौं ।’

जेननेक्स्टले पहिलो चरणमा आइफोन ८ र ८ प्लस मात्र सार्वजनिक गर्ने छ भने त्यसको करिब एक महिनामा आइफोन एक्स सार्वजनिक गर्ने तयारी गरेको छ ।

‘आइफोन टेन आउन अझै समय लाग्छ, ८ र ८ प्लस सार्वजनिक गरेको एक महिनापछि मात्र आइफोन टेन आउँछ,’ भिमसरियाले भने ।

कम्पनीले नयाँ आइफोनका लागि नेपाल दूरसंचार प्राधिकरणमा आइफोन ८ र ८ प्लससहित आइफोन एक्सको पनि टाइप अप्रुभल लिनका लागि आवेदन दिएको छ । नयाँ संस्करणको आइफोनको नेपाली बजार मूल्य भने अझै निर्धारण भईसकेको छैन ।

भारतीय बजारमा गत शुक्रबार अर्थात असोज १३ गतेदेखि आईफोन ८ को बिक्री बितरण सुरु भैसकेको छ । भारतमा ६४ हजार रुपैंया भारतीय मूल्यबाट सुरु भएको आईफोन ८ को अधिकतम मूल्य ७७ हजार रुपैंया निर्धारण भएको छ । त्यसै गरी आईफोन ८ प्लस ७३ हजार रुपैंया भरतीय रुपैंयादेखि ८६ हजार रुपैंयासम्म मूल्य निर्धारण गरिएको छ ।

आईफोन ८ तथा आठ प्लस सिल्भर, ग्रे तथा गोल्ड कलरमा मात्र उपलब्ध छ । ग्लास डिजाइनको संज्ञा दिएको एप्पलले अहिलेसम्मकै शक्तिशाली चिपको प्रयोगले आईफोनका पछिल्ला संस्करण स्मार्टफोनको दुनियामा आश्चर्य भएको दाबी गरेको छ । सिसाबाट बनेको अहिलेसम्मकै बलियो मोबाइल फोन आईफोन ८ रहेको दाबी एप्पलले गरेको छ ।

वायरलेस प्रणालीबाट चार्ज गर्न सकिने नयाँ आईफोनहरु ४.७ तथा ५.५ इन्चको रेटिना एचडी डिस्प्लेयुक्त छन् । पानी र धुलोले असर नगर्ने बताइएको आईफोनमा अहिलेसम्मकै अत्याधुनिक प्रणालीको क्यामेरा जडान गरिएको एप्पलले दाबी गरेको छ ।

आईफोन ८ मा १२ मेगा पिक्सेलको क्यामेर छ भने ८ प्लसमा ड्य्अल लेन्स सहित अप्टिकल जुम फिचर रहेको छ । विगतका आईफोनको तुलनामा ८ सिरिजका आईफोन फोटो तथा भिडियोका लागि आधुनिक रहेको बताइएको छ ।

आईओएस ११ युक्त आईफोनमा अरु के के छन् विशेषता चित्रमा अध्ययन गर्नुहोस् । आईफोन ८ र ८ प्लस तिहार अघि नै नेपाली बजारमा बिक्री बितरण सुरु हुनेछ भने आईफोन एक्स केही समय पछि मात्र बिक्री बितरण सुरु हुनेछ ।

comments powered by Disqus