चीनका लागि मात्र एप्पलको हवाई खर्च २९ करोड डलर, गुगल र फेसबुकको भन्दा ४ गुणा बढी

Jan 16, 2019 Agency

चीनका लागि मात्र एप्पलले हवाई खर्चका लागि प्रति वर्ष २९ करोड अमेरिकी डलर खर्च गर्दै आइरहेको छ। अमेरिकी एयरलाइन्स यूनाइटेडको एउटा आन्तरिक जानकारी सार्वजनिक भएसँगै उक्त कुराको खुलासा भएको हो ।

प्राप्त जानकारीका अनुसार एप्पलले क्यालिफोर्नियादेखि सांघाईका लागि दैनिक बिजनेस क्लासका ५० टिकेट बुक गराउँदै आएको छ । 

एप्पलले उक्त एयरलाइन्सलाई मात्र आफ्नो अधिकारीहरुको यात्राका लागि वार्षिक १५ करोड डलर भुक्तान गर्दै आइरहेको छ । 

यो रकम एप्पलले केबल एउटा एयरलाइन्सका लागि मात्र भुक्तान गर्दै आइरहेको छ । सबै एयरलाइन्सको टिकट बुकिङलाई मिलाएर एप्पलको हवाई खर्च करिब ३.२ हजार करोड रुपैयाँ रहेको बताइएको छ ।

एप्पलको हवाई खर्च गुगल र फेसबुकको भन्दा चार गुणा बढी रहेको छ । यि दुई कम्पनीले यूनाइटेडलाई बार्षिक ३.४ करोड डलर दिने गर्दछन् । जबकी एप्पलको हवाई खर्च २९ करोड डलर रहेको छ ।

यूनाइटेड एयरलाइन्सका साथ एप्पलका अधिकारीहरुको सम्पूर्ण यात्राको करिब २५ प्रतिशत खर्च केबल सांघाई आवत जावतमा मात्र हुने बताइएको छ ।

सन् २०१७ को तथ्याङ्क अनुसार व्यापार यात्रामा सबैभन्दा धेरै खर्च गर्ने देशका रुपमा चीन रहेको छ । उसले बार्षिक करिब ४० लाख करोड रुपैयाँ विजनेश ट्राभलका लागि मात्र खर्च गरेको छ ।

एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।