अरूण फाइनान्सकाे तीन लाख बढी कित्ता सेयर लिलामीमा अाँउदै

Oct 23, 2017 merolagani

अरुण फाइनान्स (ARUN) ले आउदो कात्तिक १४ गतेदेखि ३ लाख ६ हजार २३३ कित्ता सेयर लिलामीमा राख्ने भएको छ ।  फाइनान्सले संस्थापक समूहको १ लाख ८० हजार ८८६ कित्ता र सर्वसाधारण समूहको १ लाख २५ हजार ३४७ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

 

भदौ ६ देखि भदौ नौ गतेसम्म खुलाइएको हकप्रदमा बिक्री नभएका सेयरलाई फाइनान्सले लिलामीका लागि राखेको हो लिलामीमा सहभागी लगानीकर्ताको डिम्याट खाता अनिवार्य हुनुपर्ने छ ।

लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर निवेदन दिनुपर्नेछ । दुवै समूहको बोलपत्र कात्तिक २४ गते दिउसो ३ बजे ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर काठमाडौंमा खोलिने क्यापिटलले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्नेछ ।केन्द्रिय बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन फाईनान्सलाई अझै ५० करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।