नबिल बैंकको व्याजदरमा परिमार्जन, सेयर कर्जा व्याजदर कति घट्यो ?

Oct 24, 2017 Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसँगै बैंक तथा वित्तीय संस्थाले आफ्नो व्याजदरमा भारी कटौती गर्न थालेका छन् । यस क्रममा नबिल बैंकले पनि व्याजदर घटाएर सेवाग्राहीलाई राहत दिने भएको हो । बैंकले कर्जा परिचालन गर्दा अधिकतम १३.४४ प्रतिशत व्यादर कायम गर्ने भएको छ ।

बैंकले असोज महिनाको आधार व्याजदर घटेको भन्दै व्याजदरमा कटौती गर्न लागेको हो । बैंकका अनुसार उसको आधार व्याजदर छ दशमलव ६९ प्रतिशत कायम भएको छ । उक्त आधार व्याजदरमा प्रिमियम थप गरी बैंकले नयाँ व्याजदर लागू गर्ने भएको हो ।

बैंकले एक सूचना मार्फत मुद्दती निक्षेपमा अधिकतम नौ दशमलव ६९ प्रतिशतसम्ममा सेवा दिने बताएको छ । यसमा कुपन रेट र आधार मूल्य मध्ये जुन दर बढी हुन्छ त्यसमा तीन प्रतिशत प्रिमियम व्याजदर थप गरिने बैंकले जनाएको हो

कर्जा परिचालन गर्दा बैंकले आधार व्याजदरमा चार दशमलव ७७ प्रतिशतदेखि छ दशमलव ७७ प्रतिशतसम्म प्रिमियम थप गर्ने भएको छ । जस अनुसार बैंकले कर्जा प्रवाह गर्दा अधिकतम व्याजदर १३ दशमलव ४४ प्रतिशतसम्म कायम हुने बताएको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

सेयर धितोकर्जा प्रवाह गर्दा आधार व्याजदरमा तीन दशमलव ५० प्रतिशतदेखि छ दशमलव ५० प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने भएको छ । जस अनुसार बैंकले १० दशमलव १९ प्रतिशतदेखि १३ दशमलव १९ प्रतिशत सम्ममा सेयर धितोकर्जा प्रवाह गर्न सकिने जनाएको छ ।

बैंकहरुले धमाधम घटाउन थाले व्याजदर, सेयर बजारमा कस्तो पर्ला असर ?

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।