एनएमबि माइक्राले २५ प्रतिशत बोनस पारित गर्न डाक्यो पाँचौ वार्षिक साधारण सभा

Nov 02, 2017 Merolagani

एनएमबि माइक्रोफाइनान्स (NMBMF) ले गत आर्थिक बर्षमा गरेको नाफाबाट २५ प्रतिशत बोनस पारित गर्न मंसिर १५ गते होटल ग्राण्ड पोखरामा पाचौँ बार्षिक साधारण सभा आह्वान गरेको छ ।

माइक्रोफाइनान्सले सभामा बोनसका साथै कर प्रयोजनका लागि १ दशमलव ३१५८ प्रतिशतका दरले १४ लाख ८२ हजार ८९५ रुपैयाा नगद लाभांश समेत प्रस्ताव गरेको छ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २४ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार कात्तिक २३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई ७ कार्य दिन भित्र नामसारी भएका शेयरधनी साधारण सभाका लागि योग्य हुनेछन् ।

११ करोड २७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको २५ प्रतिशत बोनसपछि रुपैयाँ १४ करोड ८ लाख रुपैयाँ ७५ हजार पूँजी कायम हुनेछ ।

गत आर्थिक बर्षमा ४ करोड ५३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २८ पैसा रहेको छ । जसको सेयर प्रतिकित्ता २६०० रुपैयाँ हाराहारीमा विहीबार नेप्सेमा कारोबार भैरहेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।