महुली लघुवित्तले ५० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद पारित गर्न बोलायो साधारण सभा

Oct 26, 2017 Merolagani

गत आर्थिक वर्षको कमाईबाट ५० प्रतिशत बोनस बितरण गरेर ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न महुली लघुवित्तले साधारण सभा बोलाएको छ । केही समय अघि मात्र साधारण सेयर जारी गरेको लघुवित्तले शतप्रतिशतभन्दा धेरै पूँजी वृद्धिका लागि यस्तो बाटो राजेको हो ।

केही सयमयअगाडि मात्र एक लाख २० हजार कित्ता साधारण सेयर जारी गरेको महुली लघुवित्तको सेयर सुचिकरण भए पछि जम्मा तीन पटक मात्र सेयर कारोबार भएको छ । १७०० रुपैंयाभन्दा माथि सेयरमूय रहेको लघुवित्तको तीन पटकमा अहिलेसम्म जम्मा १२० कित्ता सेयर मात्र किनबेच भएको छ । 

प्रस्तावित बोनस बितरण पश्चात लघुवित्तको चुक्ता पूँजी छ करोड रुपैंया पुग्नेछ । उक्त पूँजीको ५० प्रतिशत हकप्रद पश्चात लघुवित्तको चुक्ता पूँजी नौ करोड रुपैंया पुग्नेछ । लघुवित्तले मंसिर ९ गतेका लागि साधारण सभा बोलाएको हो । साधारण सभा प्रयोजनका लागि लघुवित्तले कात्तिक २६ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

चार करोड रुपैंया चुक्ता पूँजी रहेको लघुवित्तले गत आर्थिक बर्षमा चुक्ता पूँजी भन्दा बढी अर्थात चार करोड ३१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत असार मसान्तको वित्तीय बिवरण अनुसार लघुवित्तको प्रतिसेयर आम्दानी १०७ रुपैयाँ ९२ पैसा तथा जगेडा कोषमा १३ करोड ८४ लाख रुपैयाँ सञ्चित छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।