चन्द्रागिरि हिल्सलाई मेरिट अवार्ड

Nov 15, 2017 Merolagani

चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’ बाट सम्मानित भएको छ । स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्स लिमिटेडले अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्य गर्दै आएकोले यस्तो सम्मानले सम्मानित गरिएको हो ।

अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एण्ड सुलिभान र सिएनआईले आयोजना गरेको कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट संस्थापक अध्यक्ष एवम् संचालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । सम्मान ग्रहण कार्यक्रममा संचालकहरु एवम् महाप्रवन्धकको उपस्थिती रहेको थियो ।

 

चन्द्रागिरि हिल्स लिमिटेडलाई सोहि संस्थाले गतवर्ष पनि ‘ बेष्ट डेसटिनेशन अवार्ड–२०१६’ बाट सम्मानित गरेको थियो ।
‘नेपाल बिजनेश एक्सलेन्स अवार्ड–२०१७’ को समापनको अवसरमा मङ्गलबार साँझ काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो । व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ ।

सम्मान ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष एवम् संचालक ढकालले चन्द्रागिरि हिल्स लिमिटेडले विश्वब्यापी व्यवसायका मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढेको अवस्थामा प्राप्त भएको सम्मानले आफु र आफ्नो समूहलाई झनै प्रोत्साहन मिलेको बताएका थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।