‘पर्यटनकाे पूर्वाधार सरकारले बनाउँछ,निजी क्षेत्रले लगानी गराेस्’ मन्त्री अधिकारी

Mar 21, 2018 Merolagani

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीले सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम् इयर–२०२०) का रुपमा मनाउन सरकारले गृहकार्य गरिरहेकाे बताएका छन् । बुधबार चन्द्रागिरी हिल्सकाे भ्रमण गर्दै मन्त्री अधिकारीले सन् २०३० भित्र नेपालमा वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकांक्षी योजना बनाउन सरकार लागि परेकाे उल्लेख गरे ।

महत्वकांक्षी लक्ष्यलाई भेट्टाउन आवश्यक पर्यटकीय पूर्वाधार निर्माण राज्यले गर्ने भन्दै अधिकारीले पूर्वाधारकाे जगमा टेकेर लगानी गर्न निजि क्षेत्रलार्इ अाग्रह गरे । मन्त्री अधिकारीले अाफ्नाे कार्यकालमा कुल ग्राहस्थ उत्पादनकाे २५ प्रतिशत याेगदान पर्यटन क्षेत्रबाट पुग्ने गरि अाफूले काम गर्ने बताए ।

पर्यटक बढाउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन आकर्षक र सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको चन्द्रागिरी हिल्स महत्वपूर्ण पर्यटकीय उत्पादन ‘प्रोडक्ट’ बनेको मन्त्री अधिकारीकाे धारणा थियाे ।

नेपाल पर्यटन वर्ष २०२० लाई सफल तुल्याउन यस्ता ‘प्रोडक्ट’को महत्वपूर्ण भूमिका हुने भन्दै वार्षिक करिब सात लाख पर्यटक पुग्ने धार्मिक महत्वको चन्द्रागिरी पहाड काठमाडौँ केन्द्रित पर्यटकका लागि उत्तम गन्तव्य भएकाे बताए ।

चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकालले सरकारले सहयाेग गरे अाफूहरू सात वटै प्रदेशमा उत्कृष्ट पर्यटकीय केन्द्रहरू स्थापना गर्न तयार रहेकाे बताए ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।