पर्यटनमन्त्रीले गरे चन्द्रागिरी केबलकार अवलोकन

Apr 23, 2017 Merolagani

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । अनौपचारिक भ्रमणमा चन्द्रागिरी पुगेका मन्त्री गिरीलाई आउनुभएका मन्त्री गिरीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागत गरेका थिए ।

मन्त्री गिरीले चन्द्रागिरी परियोजनाको स्थलगत भ्रमण गरेको विज्ञप्तीमा उल्लेख छ । विभागीय मन्त्रीको हैसियतले चन्द्रागिरि केबलकार परियोजनालाई पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गर्न पहल गर्ने आश्वासन दिँदै मन्त्री गिरीले नेपालको पर्यटन विकासमा नीजि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेका थिए ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार आकर्षण बनेका छन् । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।