एशिया प्रसान्तका चेम्बर अध्यक्ष चन्द्रागिरिको भ्रमणमा

Nov 24, 2017 Merolagani

एशिया प्रसान्त चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीज (क्यासी) अध्यक्ष जामेल इनाइस्वालीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । अनौपचारिक भ्रमणमा आएका चेम्बर अध्यक्ष सहितको प्रतिनिधि मण्डललाई नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष एवम् चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गरेका थिए ।

ढकाल र शाहले चेम्बर अध्यक्षको टोलीलाई चन्द्रगिरी परियोजनाको स्थलगत भ्रमण गराएका थिए । 

चन्द्रागिरिमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै अध्यक्ष जामेलले चन्द्रागिरिको विकासबाट आफु र आफ्नो छोरा अत्यन्तै प्रभावित बनेको उल्लेख गरेका छन् । चन्द्रागिरि प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको र यस्तो अत्यन्तै आकर्षक पर्यटकीय गन्तब्यको भ्रमण गर्ने अवसर उपलब्ध गराएकोमा चन्द्रागिरि हिल्स लिमिटेडलाई उनले हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।