केयर रेटिगंलाई धितोपत्र बोर्डको स्वीकृति, इक्रा नेपालको एकाधिकार तोडियो

Nov 17, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले भारतीय लगानीमा खुल्न लागेको केयर रेटिगं (नेपाल) लिमिटेडलाई कम्पनी स्थापनको स्वीकृति दिएको छ । नेपालमा एउटा मात्र इक्रा नेपाल नामको क्रेडिट रेटिग एजेन्सी सञ्चालनमा रहेको अवस्थामा बोर्डले केयर रेटिगंलाई समेत स्थापनको स्वीकृति दिए पछि अब दुई वटा रेटिंग एजेन्सी सञ्चालन हुने भएका छन् ।

अन्तर्राष्ट्रिय संस्था केयर रेटिंगसंगको सहकार्यमा नयाँ एजेन्सी स्थापना गर्ने सम्बन्धमा भदौ १५ गते विशाल ग्रुप र इमर्जिंग नेपालले त्रिपक्षीय सम्झौता गरेका थिए । धितोपत्र बोर्डको केही समय अघि कम्पनी स्थापनाका लागि सहमति जनाएको थियो । बोर्डले कम्पनीलाई बिहीबार संस्थापनको स्वीकृति प्रदान गरेको हो । धितोपत्र बोर्डका उपनिर्देशक निरञ्जय घिमिरेले कम्पनीका सञ्चालक विनोद आत्रेय तथा प्रमुख कार्यकारी अधिकृत सजन गोयललाई क्रेडिट रेटिगं अनुमतिपत्र हस्तान्तरण गरेका हुन् ।

विशाल ग्रुप नेपालमा वित्तीय सेवाको क्षेत्रमा सक्रिय संस्था हो भने इमर्जिगं नेपाल भेन्चर क्यापिटल क्षेत्रमा सक्रिय रुपमा काम रहँदै आएको संस्था हो ।

२ करोड रुपैंयाको चुक्ता पूँजीमा स्थापना हुने केयर रेटिगं (नेपाल) लिमिटेडको लगानीमा केयर रेटिगंको ५१, विशाल ग्रुपको १९ र इमर्जिगं नेपालको १० तथा अरु २० प्रतिशत बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट कम्पनीहरुबाट प्रति कम्पनी ९ प्रतिशत ननाघ्ने गरी लगानी जुटाइने एजेन्सीको योजना छ । नेपालमा सार्वजनिक रुपमा सेयर निष्काशन गराउन चाहने कम्पनीहरुले क्रेडिट रेटिंग गराउनु पर्ने व्यवस्था छ ।

 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।