आउने भयो अर्को क्रेडिट एजेन्सी,विशाल ग्रुप र इमर्जिगं नेपालले केयर रेटिंगसंग साझोदारी गर्ने

Aug 31, 2016 Mero Lagani

नेपालमा एउटा मात्र क्रेडिट रेटिग एजेन्सी सञ्चालनमा रहेको अवस्थामा व्यवशायिक प्रतिष्ठानहरुलाई खुसीको खबर आएको छ । व्यवशायको अवस्थाका साथै शेयर निष्काशनका दौरान इक्रा नेपालबाट मात्र क्रेडिट रेटिंग गराउनु पर्ने बाध्यता रहेकोमा नयाँ एजेन्सी स्थापना गर्ने सम्बन्धमा बुधबार एउटा सम्झौता भएको छ । अन्तर्राष्ट्रिय संस्था केयर रेटिंगसंगको सहकार्यमा विशाल ग्रुप र इमर्जिंग नेपालले एजेन्सी सञ्चालनमा ल्याउने सम्झौता भएको हो ।

केयर रेटिगं (नेपाल) लिमिटेड नामको एजेन्सी स्थापन गर्ने सम्बन्धमा त्रीपक्षीय सम्झौता भएको हो । विशाल ग्रुप नेपालमा वित्तीय सेवाको क्षेत्रमा सक्रिय संस्था हो भने इमर्जिगं नेपाल भेन्चर क्यापिटल क्षेत्रमा कार्यरत रहँदै आएको संस्था हो ।

समझदारी पत्रमा केयर रेटिगंस् काकार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत राजेश मोकासी, विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोक कुमार अग्रवाल र इमर्जिगं नेपाल लिमिटेडका अध्यक्ष लालमणि जोशीले हस्ताक्षर गरेका थिए ।

२ करोड रुपैंयाको चुक्ता पूँजीमा स्थापना हुने केयर रेटिगं (नेपाल) लिमिटेडको लगानीमा केयर रेटिगंस्को ५१%, विशाल ग्रुपको १९% र इमर्जिगं नेपालको १०% तथा अरु २०% बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट कम्पनीहरुबाट प्रति कम्पनी ९% ननाघ्ने गरी लगानी जुटाइने भएको छ ।

केयर रेटिगं अन्र्तराष्ट्रिय प्रतिष्ठा प्राप्त संस्थाले अन्र्तराष्ट्रििय जगतमा व्यापक सेवाहरु प्रदान गरीरहको विज्ञप्तीमा उल्लेख छ । भविष्यमा नेपालको वित्तीय बजारको विकासमा यसले उल्लेखनीय सेवा प्रदान गर्नेछ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।