अर्को क्रेडिट रेटिंग एजेन्सीले पायो धितोपत्र बोर्डको सहमति

Dec 07, 2016 Merolagani

नेपाल धितोपत्र बोर्डले भारतीय लगानीमा खुल्न लागेको केयर रेटिगं (नेपाल) लिमिटेडलाई कम्पनी स्थापनको सहमति दिएको छ । नेपालमा एउटा मात्र इक्रा नेपाल नामको क्रेडिट रेटिग एजेन्सी सञ्चालनमा रहेको अवस्थामा बोर्डले केयर रेटिगंलाई समेत स्थापनको सहमति दिए पछि अब दुई वटा रेटिंग एजेन्सी सञ्चालन हुने भएका छन् ।

अन्तर्राष्ट्रिय संस्था केयर रेटिंगसंगको सहकार्यमा नयाँ एजेन्सी स्थापना गर्ने सम्बन्धमा भदौ १५ गते विशाल ग्रुप र इमर्जिंग नेपालले एजेन्सी सञ्चालनमा ल्याउन त्रिपक्षीय सम्झौता गरेका थिए । धितोपत्र बोर्डको सहमति पछि अब कम्पनी स्थापनाको प्रकृया अघि बढ्ने भएको छ । विशाल ग्रुप नेपालमा वित्तीय सेवाको क्षेत्रमा सक्रिय संस्था हो भने इमर्जिगं नेपाल भेन्चर क्यापिटल क्षेत्रमा कार्यरत रहँदै आएको संस्था हो ।

२ करोड रुपैंयाको चुक्ता पूँजीमा स्थापना हुने केयर रेटिगं (नेपाल) लिमिटेडको लगानीमा केयर रेटिगंको ५१, विशाल ग्रुपको १९ र इमर्जिगं नेपालको १० तथा अरु २० प्रतिशत बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट कम्पनीहरुबाट प्रति कम्पनी ९ प्रतिशत ननाघ्ने गरी लगानी जुटाइने एजेन्सीको योजना छ । नेपालमा सार्वजनिक रुपमा सेयर निष्काशन गराउन चाहने कम्पनीहरुले क्रेडिट रेटिंग गराउनु पर्ने व्यवस्था छ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

..........................................................................................................................

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।