सिभिल बैंक र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

Nov 21, 2017 Merolagani

नेपाल स्टक एक्सचेञ्जले मंगलबार सिभिल बैंक र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको छ । सिभलको हकप्रद र एक्सेलको बोनसपछि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले सिभिल बैंक (CBL) ले जारी गर्न लागेको ४० प्रतिशत हकप्रदलाई समायोजन गरि मूल्य कायम गरेको हो । बैंकको समायोजित सेयरमूल्य १९१ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य भने २१२ रुपैयाँ रहेको छ । 

सिभिलले १० बराबर ४ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ७ लाख ४० हजार ८ सय ८६ दशमलव ७५ कित्ता सेयर बिक्री गर्न लागेको हो । हकप्रद विक्रीका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ ।

५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको हकप्रद बिक्रीपछि ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ पूँजी कायम हुनेछ । राष्ट्र बैंकले तोकेको पूँजी कायम गर्न ७४ करोड रुपैयाँ बोनस वितरण गर्नुपर्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

उता एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले गत आर्थिक बर्षमा वितरण गरेको ३०.१२ प्रतिशत बोनसपछि सेयरमूल्य समायोज भएको हो । बैंकको समायोजित सेयरमूल्य ४१२ रुपैयाँ र औसत आधार मूल्य ४५१ रुपैयाँ रहेको छ ।

एक्सेलले मंसीर १७ गते बोनस पारित गर्नका लागि होलिडे होम विर्तामोडमा १२ औं बार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले उपयुक्त बैक तथा बित्तीय संस्थासँगको मर्जर प्रकृया थाल्न संचालक समितिलाई जिम्मेवारी दिने प्रस्ताव समेत रहेको छ ।

केही सयम अघि जारी गरेको ५० प्रतिशत हकप्रद तथा बोनसपछि बैंकको पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।