साझा विकास बैंकको अन्तिम प्रतिवेदनमा देखियो यस्तो दयनिय अवस्था

Nov 21, 2017 Merolagani

साझा विकास बैंक (SAJHA) ले खुद घाटा चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा डरलाग्दो गरि बढेको छ । मंगलबार सार्वजनिक भएको वित्तीय विवरणमा गत बर्ष यस अवधिमा बैंकले ५० लाख ३७ हजार रुपैयाँ नाफा गर्न सफल भएकोमा एक करोड ९७ लाख रुपैयाँ घाटामा पुगेको देखिएको हो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० करोड रुपैयाँमा नै कायम रहँदा निक्षेप संकलन र कर्जा परिचालन दुबै घटेको छ । समीक्षा अवधिमा बैकको निक्षेप संकलन पनि ४८ करोड ४४ लाख रुपैयाँबाट घटेर ४५ करोड ७१ लाख तथा कर्जा लगानी पनि ३८ करोड ५५ लाखबाट घटेर ३६ करोड ८० लाखमा झरेको हो ।

व्यवसाय विस्तार गर्न नसक्दा बैंकको खुद व्याज आम्दानी ३३ लाख रुपैयाँले घटेर ५५ लाख ९८ हजार मात्र गर्न सफल भएको हो । बैंक एक करोड ९९ लाख ५३ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा देखिएको छ ।

निष्कृय कर्जा अनुपात ३.७२ प्रतिशतले बढेर ८.३५ प्रतिशतमा पुगेपछि बैंकले एक करोड ९७ लाख रुपैयाँ कर्जा नोक्सानी वापत व्यवस्था गर्नुपरेको छ । साझाको जगेडा कोष एक करोड ९२ लाख ३५ हजार रुपैयाँले ऋणात्मक छ ।

बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७० पैसाले नोक्सानीमा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने ८० रुपैयाँ ७६ पैसा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

साझा विकास बैंक एक्वायरमा गएर देव विकास बैकसँग कात्तिक २३ गतेदेखि विलय भई एकीकृत कारोबार सुरु गरेकाले साझा विकास बैंकको यो नै अन्तिम प्रतिवेदन बन्न पुगेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।