मेगाले फेरि बोलायो विशेष साधारण सभा, २५ प्रतिशत उपस्थितीले के गर्ला निर्णय ?

Nov 24, 2017 Merolagani

मेगा बैंकले दोस्रो पटक विशेष साधारण सभा बोलाएको छ । यस अघि बोलाइएको साधारण सभा कोरम नपुगेर स्थिगित भएको थियो । ७ दिन भित्र बैंकले अर्को सूचनामार्फत साधारण सभा बोलाएको हो । अब २५ प्रतिशत सेयरधनीको उपस्थिति भएको खण्डमा विशेष साधारण सभा सम्पन्न हुनेछ ।

टुरिजम डेभलपमेण्ट बैंकसँगको मर्जरको विपक्षमा रहेका मेगाका सेयरधनीहरुले यस अघि बोलाइएको साधारण सभामा उपस्थिति जनाएका थिएनन् । नियोजित रुपमा व्यक्तिगत स्वार्थका लागि जबरजस्ती मर्ज गर्न खोजिएको भन्दै सेयरधनीहरु अदालतको शरणमा पुगेका थिए ।

साधारण सभामा कोरम नपुगे पछि अदालतले यस सम्बन्धमा केही गर्नु परेको थिएन । कम्पनी ऐनमा भएको व्यवस्था अनुसार बैंकले पुर्वउल्लेखित प्रस्ताव राखेर आगामी पुस ४ गते विशेष साधारण सभा बोलाएको छ ।

पहिलो पटक मंसिर ४ गते बोलाइएको विशेष साधारण सभामा ५० प्रतिशत सेयरधनीको उपस्थिति अनिवार्य थियो । अब २५ प्रतिशतको मात्र उपस्थितिले विशेष साधारण सभा हुन्छ । तर असन्तुष्ट पक्षले भने एक महिनाको फरक पारेर सेयरधनीलाई अन्यौलमा पारेको आरोप लगाएका छन् । डिडिए अनुसार टुरिजमसँगको मर्जरमा सेयर स्वाप कायम नहुञ्जेल आफुहरु साधारण सभाको पक्षमा नरहेको उनीहरुको प्रष्टोक्ति छ ।

दुवै पक्षले आ आफ्नो पक्षमा प्रोक्सी संकलन गरेपछि आगामी साधारण सभाले के निर्णय गर्छ भन्ने चासो बढेको छ । बैंकले आर्मी अफिसर्स क्लबमा विशेष साधारण सभा बोलाएको छ ।

दुवै बैंकले निष्काशन गरेको हकप्रदको अनुपात, नेटवर्थ समायोजन तथा डिडिए प्रतिवेदनभन्दा फरक सम्झौताको विषयलाई असन्तुष्ट पक्षले मुख्य एजेण्डा बनाउँदै आएको छ । साथै अहिले बैंकमा रहेका केही सञ्चालकहरुको नियतमाथि पनि असन्तुष्ट पक्षले प्रश्न उठाएका छन् । सबै विषयलाई सम्बोधन गर्न बैंक तयार नभएसम्म मर्जर सफल नहुने उनीहरुको भनाई छ । लगानीकर्ताको हितलाई छाडेर सिमित व्यक्तिको स्वार्थमा मर्जर केन्द्रित रहेको उनीहरुको आरोप छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।