लक्ष्मी बैंकको दश प्रतिशत बोनसपछिको सेयरमूल्य समायोजन

Nov 27, 2017 merolagani

नेप्सेले लक्ष्मी बैंक (LBL) को दश प्रतिशत बोनसपछिको सेयरमूल्य समायोजन गरेको छ । जस अनुसार लक्ष्मी बैंकको प्रतिकित्ता सेयमूल्य २७६ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य भने प्रतिकित्ता ३५६ रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।



बैंकले यही मंसिर २८ गते हुने साधारणसभाबाट १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांस पारित गर्न सोमबारदेखी सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४७ करोड २४ लाख १२ हजार रुपैयाँ छ । १० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार रुपैयाँ पुग्नेछ । लक्ष्मी बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ २१ पैसा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।