हकप्रद जारी गर्न मिथिला लघुवित्तले तोक्यो बुकक्लोज मिति

Jan 08, 2019 Merolagani

मिथिला लघुवित्तले ५० प्रतिशत हकप्रद निष्काशनको गर्ने प्रयोजनका लागि माघ १ गते मंगलबार शेयरधनी दर्ता किताव बन्द (बुकक्लोज) गर्ने भएको छ । नेप्सेले जारी गरेको सूचना अनुसार पुस ३० गतेसम्म कायम शेयरधनीले मात्र लघुवित्तको हकप्रद खरिद गर्न आवेदन दिन सक्ने छन् ।

लघुवित्तको शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल रहेको छ । लघुवित्तले २ः१ अनुपातमा चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ३ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ८९० कित्ता हकप्रद जारी गर्ने छ । लघुवित्तले हकप्रद जारी गर्ने मिति भने तय अहिलेसम्म तय गरि सकेको छैन ।

लघुवित्तको हाल चुक्ता पूँजी ६ करोड ५९ लाख ७७ हजार रुपैयाँ छ । हकप्रद निष्काशन तथा प्रस्तावित बाेनस पश्चात लघुवित्तकाे चुक्ता पूँजी  १० करोड ५८ लाख ६१ हजार रुपैयाँ पुग्ने छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।