ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल नियुक्त

Nov 29, 2017 Merolagani

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । भदौदेखि कामु सीईओ रहेका पौड्याललाई बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ नियुक्त गरेको हो ।

 

दुई वर्ष कार्यकाल बाँकी रहँदा नै अनिल ज्ञवालीले राजिनामा गरेपछि कामु सीईओको रुपमा पौड्यालले भदौ २९ गतेदेखि जिम्मेबारी सम्हालेका थिए ।

तीन दशक बैंकिङ क्षेत्रमा बिताइसकेका उनी ग्लोबल आईएमई बैंकमा सहायक महाप्रबन्धकको रुपमा भित्रिएका थिए । त्यसपछि, उनी डेपुटी प्रमुख कार्यकारी हुँदै ग्लोबल आईएमई बैंकमा कामु सिइओ समेत बनेका थिए ।

सन् १९८७ मा नबिल बैंकबाट बैंकिङ्ग क्षेत्रमा करियर सुरुवात गरेका पौड्यालले ११ बर्षसम्म नबिलमै काम गरेका थिए । एनआइसी एसिया बैंकमा पाँच वर्ष कार्यअनुभव संगालेका उनी लक्ष्मी बैंकमा एक बर्ष बिताए पछि अध्ययनका लागि लण्डन पुगे ।

नेपाल फर्किएसँगै विगत केही समयदेखि उनी करारबाट ग्लोबल आईएमई बैंकको व्यवस्थापनमा  भित्रिएका थिए । बुधबारदेखि नै पौड्यालले ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्माहेलका छन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।