ग्रीन डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत चयन

May 24, 2018 Merolagani

ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले उमेश कुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत चयन गरेको छ । बैंक सञ्चालक समतिको ११४ औं बैठकले आचार्यलाई सिइओको कमान सम्हाल्ने जिम्मेवारी दिने निर्णय गरेको हो ।

ग्रीन डेभलपमेन्ट बैंकले नेप्सेमार्फत बिहीबार पत्राचार गर्दे पोखरा लेखनाथ २९ निवासी आचार्यलाई आगामी असार १ गतेदेखि लागू हुनेगरि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको व्यहोरा जानकारी गराएको छ ।

यससँगै आचार्यले असार १ गतेदेखि सीइओको जिम्मेवारी सम्हाल्ने छन् । ग्रीन डेभलपमेन्ट बैंकमा हाल बैकुण्ठ राज तिमल्सिनाले कामु प्रमुख कार्यकारी अधिकृतकाे जिम्वेवारी सम्हाल्दै अाएका छन् । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।