देवः विकास बैंकको ४० प्रतिशत हकप्रद धितोपत्र बोर्डको पाइपलाइनमा

Nov 30, 2017 Merolagani

देवः विकास बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । बैंकले हकप्रद जारी गर्न मंसिर १३ गते निवेदन पेश गरेको बोर्डले जनाएको छ ।

साझा विकास बैंक र युनियन फाइनान्सलाई एक्वायरपछि देव विकास बैंकको चुक्ता पूँजी एक अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

बैंकले १० बराबर ४ कित्ता अनुपातमा ६५ लाख ३३ हजार १०८ दशमलव ५९ कित्ता हकप्रद सेयर विक्री गर्नका लागि अनमुति माग गरेको हो । जसका लागि एनआइबिएल क्यपिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ । 

प्रस्तावित हकप्रदपछि बैंकको चुक्ता पूँजी दुई अर्ब २८ करोड रुपैयाँ नाघ्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजीमा अपुग २२ करोड रुपैयाँको बोनस सेयर वितरण गरि पुर्याउने बैंकले जनाएको छ ।

त्यस्तै, देवः सहारा विकास बैंकलाई समेत एक्वायर प्रकृयामा रहेको छ । चालु आवको पहिलो त्रैमासमा बैंकले तीन करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ८ रुपैयाँ ९६ पैसा कायम गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।