प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देशभर ६७ प्रतिशत भन्दा बढी मत खसेकाे अायाेगकाे भनार्इ

Dec 07, 2017 merolagani

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देशभर ६७ प्रतिशत भन्दा बढी मत खसेकाे आयोगले पत्रकार सम्मेलन गरेर उक्त जानकारी  दिएको हो ।

 

निर्वाचन सम्पन्न भएपछि आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको छ । यो आँकडा अझै बढ्नसक्ने आयोगले जनाएको छ ।

अयाोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रमध्ये अर्घाखाँचीको सन्धीखर्क्स्थित नेटा मतदान स्थलमा रहेका दुवै मतदान केन्द्रको बाहेक सबैमा शान्तिपूर्ण मतदान भएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।