११ महिनादेखी लगानीकर्ताको सम्पत्ति बन्धकमा पारेका मेगा—टुरिजमको मर्जर प्रक्रियाले बल्ल लियो गति

Dec 19, 2017 merolagani

मेगा बैंक(MEGA)  र टुरिजम डेभलपमेण्ट बैंक (TDBL) विच मर्जर सम्झौता भएको ११ महिनापछि बल्ल मर्जरको प्रक्रिया अघि बढ्ने भएको छ । मंगलबार मेगा बैंकको विशेष सधारण सभाले टुरिजम् डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेसँगै मर्जरले गति लिने भएको हो ।

टुरिजम्को गत मंसिर ४ गते सम्पन्न सातौ बार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ । यी दुई बैंकले ०७३ मााघमा मर्जरमा जाने सम्झौता गरेका थिए। त्यस यता दुवै कम्पनीको नेप्सेमा सेयर कारोबार रोक्का रहेको छ ।

मंगलबार सम्पन्न विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंकको १०० सेयर बराबर मेगा बैैंकको ९५ सेयर पाउने गरी मर्जरमा जान अनुमति प्रदान गरेको छ । सभामा मेगाका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेको मर्जर सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।

यसअघि मंसिर ४ गतेको बोलाइएको मेगाको विशेष साधारण सभामा स्वाप रेशियो बिषयमा विवाद उत्पन्न भएपछि कोरम नपुगेको भन्दै साधरणसभा स्थगित भएको थियो ।

टुरिजमले मर्जर प्रस्ताव पारित गर्दा मेगाको साधारणसभा किन भयो स्थगित ?

सभामा शाहले विज्ञहरुसँगको छलफलबाट पाँच बर्षे योजना तयार गरेको जानकारी दिँदै आर्थिक सम्भावनाका क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्ने बताए ।

चालु आर्थिक बर्षमा मेगा बैंकले १८ वटा नयाँ शाखा खोल्ने जानकारी दिँदै उनले टुरिजमसँगको मर्जरपछि मेगा बैंकको सञ्जाल ३२ वटा जिल्लाबाट विस्तारित भएर ४८ वटा जिल्लामा पुग्नेछ ।

हाल मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड तथा टुरिजम् बैंकको २ अर्ब एक करोड रुपैँया रहेको छ । दुबै बैंक मर्जपछि ९ अर्ब ४७ करोड चुक्ता पूँजी पुग्नेछ । एकीकृत संस्थाको कुल निक्षेप ४९ अर्ब ५० करोड तथा कर्जा परिचालन ४५ अर्ब ५९ करोड रुपैँया पुग्नेछ ।

एकीकृत बैंकको पहुँच ३२ वटा जिल्लाबाट विस्तारित भएर ४८ वटा जिल्लामा पुग्नेछ भने शाखा सञ्जाल ११२ वटा पुग्ने बताइएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।