अपि पावरले ८ प्रतिशत बोनस पश्चात दुई सय प्रतिशत हकप्रद बिक्री गर्ने

Dec 24, 2017 merolagani

अपि पावरले कम्पनी (API) ले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीको चौथौं वार्षिक साधारण सभाले दुई सय प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ ।



कम्पनीले गएको बर्षनै हकप्रद निष्काशन गर्ने प्रक्रिया थालेको भएको पनि धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्कासनमा रोक लगाएको थियो । पुष ३० गते डाकेको साधारणसभा बाट कम्पनीले एक बराबर दुईको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

कम्पनीले साधारणसभाबाट हकप्रदको प्रस्ताव पारित गरेपनि धितोपत्र बोर्डले स्वीकृति दिने नदिनेमा भने अन्यौल नै छ । धितोपत्र बोर्डले प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न यसअघि कडाई गरेको थियो ।

यस्ता छन् शर्त तथा मापदण्डहरु :

 

प्रस्तावित आठ प्रतिशत बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४० लाख रुपैयाँ पुग्ने छ। हकप्रद जारीपछि चुक्ता पूँजी तीन अर्ब ३९ करोड पुग्ने कम्पनीले जनाएको छ।

उक्त पूँजीबाट एक अर्ब रुपैयाँ सिद्धकाली पावर लिमिटेडमा लगानी गर्ने जनाएको छ। साथै बाँकी एक अर्ब २६ करोड रुपैयाँ १८ मेघावाट क्षमताको विभिन्न सोलार आयोजनामा लगानी गर्ने जनाइएको छ।

अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको ८ मे.वा क्षमताको अप्पर नौगड गाढको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । दार्चुलामा अवस्थित यो आयोजना अपि पावर कम्पनी लिमिटेडको दोस्रो आयोजना हो ।

यस अघि कम्पनीले ८.५ मे.वा क्षमताको आयोजना सफल रुपमा बिगत २ बर्ष देखि संचालन गरिरहेको छ ।
कम्पनीले सौर्य उर्जाबाट १८ मे.वा क्षमताका विभिन्न्न सोलार आयोजनाहरु शुरु गर्न लागेको छ । सोलार आयोजनाहरु ६ महिना भित्र सम्पन्न गर्न सकिने कम्पनीले बताएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनकालागि पुष २१ देखि ३० गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ। बुक क्लोज अगाडि कायम भएका शेयरधनीमात्र बोनस शेयर प्राप्त गर्न सक्ने जानकारी दिइएको छ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।