सिटिजन्स बैंकले दोस्रो त्रैमासमा पनि सार्वजनिक गर्यो खुद नाफा घटेको विवरण

Jan 20, 2018 merolagani

वाणिज्य बैंकहरुमध्ये चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्नेमा पहिलो बनेको सिटिजन्स बैंक (CZBIL) ले खुद नाफा घटेको वित्तिय विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्तापूँजी पुर्याएको बैंकले पहिलो त्रैमासमा पनि खुद नाफा घटेको विवरण सार्वजनिक गरेको थियो ।

बैंकको संचालन मुनाफा, खुद ब्याज आम्दानी, निक्षेप संकलन तथा कर्जा प्रवाहमा सुधार भएपनि खराब कर्जा असुलीको अवस्था कमजोर भएपछि खुद नाफा प्रभावित भएको हो । बैंकको समिक्षा अवधिमा खुद नाफा शुन्य दशमलव ४८ प्रतिशत अर्थात ३० लाख ६८ हजारले घटेको छ । 

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६२ करोड ८६ लाख रुपैंया खुद नाफा गरेको छ । उसले गत आर्थिक वर्षको यसै अवधिमा ६३ करोड १६ लाख खुद नाफा कमाएको थियो ।

खराब कर्जा असुली निरासाजनक रहेपछि बैंकको खराब कर्जाको आकार समेत बढेको छ । गतबर्षको दोस्रो त्रैमासमा १.३२ प्रतिशत रहेको खराब कर्जा बढेर चालु बर्षको दोस्रो त्रैमासमा १.९४ प्रतिशत पुगेको छ । बैंकले गत आर्थिक वर्षको पुष मसान्तमा ६९ करोड ६८ लाख रुपैंया खराब कर्जा उठाएको थियो । यस पटक भने बैंकले जम्मा १४ करोड २६ लाख मात्र खराब कर्जा उठाएको छ । सम्भावित जोखिममा पनि १३ करोड ६५ लाख राखेको छ ।

खराब कर्जा असलुी ५५ करोडले घट्दा पनि खुद नाफा मात्र ३० लाखले घट्नु बैंकका अन्य सूचकहरु सुधारत्मक रहेको दखिन्छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी पाँच अर्ब ५३ करोड ७३ लाख रुपैंयाबाट आठ अर्ब दुई करोड ९१ लख रुपैंया पुगेको छ । जगेडा कोष एक अर्ब ९१ करोडबाट एक अर्ब ९९ करोड पुगेको छ ।

निक्षेप तथा कर्जा परिचालनमा उल्लेख्य सुधार गरेको बैंकको खुद व्याज आम्दानी ८५ करोड ५१ लाख रुपैंयाबाट बढेर ९७ करोड ४९ लाख रुपैंया पुगेको छ । । बैंकले चालु आवको ६ महिनामा ५८ अर्ब ४६ करोड निक्षेप संकलन गरेर ५३ अर्ब ३१ करोड कर्जा लगानी गरेको देखिन्छ ।

बैंकको कोषको लागत ५.२० प्रतिशतबाट बढेर ८.१६ प्रतिशत पुगेको छ । जसका कारण उसले सस्तो व्याजदरमा कर्जा परिचालन गर्न सक्ने अवस्था देखिँदैन ।

बैंकको प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैंया ६६ पैसा कायम भएको छ ।। चुक्ता पूँजीको आकार बढ्दा खुद नाफामा आएको गिरावटका कारण बैंकको प्रतिसेयर आम्दानी खस्किएको हो ।बैंकको मूल्य आम्दानी अनुपात १८.२० प्रतिशत, प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८७ पैसा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।