चुक्ता पूँजी पु-याउन वाणिज्य बैंकलार्इ पनि हकप्रदकै साहारा

Jan 22, 2018 RSS

– रमेश लम्साल

'क’ वर्गका चार वाणिज्य बैंकले मात्र ६ करोड ५६ लाख ८६ हजार ७८४ कित्ता हकप्रद शेयर बिक्री गर्ने भएका छन् । प्रभु, सिद्धार्थ, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सो परिमाणमा हकप्रद शेयर बिक्री गर्न लागेका हुन् । यसअघि पूँजी कायम गरेका स्टाण्डर्ड चाटर्ड बाहेक अन्य सबैजसाे बैंकले हकप्रदबाटै पूँजी बढाएर बाेनसबाट पूँजी कायम गरेका छन् । 

नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी आठ अर्ब पु-याउन ती बैंकले हकप्रद शेयरको बाटो रोजेका हुन् । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत चुक्ता पूँजी पु-याउन बैंकलहरुलाई थप ६ महिनाको समयसीमा दिएको थियो ।

सिद्धार्थ बैंकले पनि राष्ट्र बैंककै निर्देशनअनुसार चुक्ता पूँजी बढाउन हकप्रद शेयर निष्कासन गर्ने बाटो रोजेको छ । सो उपाय अपनाउँदा समेत बैंकको चुक्ता पूँजी आठ अर्ब पुग्ने देखिँदैन । हकप्रद शेयर बिक्री गर्दा अपुग हुने रकमका लागि बैंकले बोनस शेयरको अवधारणा अगाडि सारेको छ ।

सिद्धार्थले ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस ४ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो ।

हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ भने बाँकी रकम परिपूर्ति गर्न बैंकको चालू आवको नाफाबाट बोनस वितरण गर्नेछ ।

त्यसैगरी कुमारी बैंकले पनि चुक्ता पूँजी पु-याउन हकप्रदकै बाटो रोजेको छ । २० प्रतिशत हकप्रद विक्री गर्न बैंकले चुक्ता पूँजी पाँच अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँको १० बराबर दुई अनुपातमा एक अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ बराबरको एक करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ ।

विभिन्न चारवटा वित्तीय संस्थालाई प्राप्ति गर्दासमेत चुक्ता पूँजी आठ अर्ब नपुगेपछि सो बैंकले हकप्रदको बाटो रोजेको हो । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट चयन गरिसकेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । बैंकले दुई बराबर एक अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । सो बैंकले पनि चुक्ता पूँजी पु-याउन हकप्रदकै बाटो रोजेको छ ।

चार अर्ब ६७ करोड ९० लाख ५८ हजार चुक्ता पूँजी रहेको एनसीसी बैंकको हकप्रद शेयरपछि चुक्ता पूँजी सात सात अर्ब एक करोड ८५ लाख ८७ हजार पुग्नेछ । बाँकी रकम कसरी पु-याउने भन्ने उपायको खोजी भइरहेको बैंकले जनाइएको छ । बैंकको हकप्रद शेयर निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर निष्कासन भइसकेको छ । सो बैंकले १० बराबर चार अनुपातमा दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर बिक्री शुरु गरिसकेको छ ।

बैंकको गत पुस २० गतेसम्म कायम रहेका शेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् । माघ ७ देखि फागुन १३ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी पाँच अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । चालीस प्रतिशत हकप्रद शेयर बिक्रीपछि बैंकको चुक्ता पूँजी आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार पुग्नेछ । नेपाल राष्ट्र बैंकले चुक्ता पूँजी पु-याउन दिएको निर्देशनअनुसार नै हकप्रद शेयर निष्कासन गरिएको बैंकले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

तर एनएमबी बैंकले भने एक करोड १४ लाख कित्ता फरदर पब्लिक अफर (एफपिओ) बिक्री गर्न लागेको छ । सो समेत गरी कूल सात करोड सात करोड ७१ लाख एक हजार १७० कित्ता शेयर बजारमा आउन लागेको हो ।

एनएमबीले  एफपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएपनि अनुमति भने पाइसकेको छैन । बैंककाे शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।