प्रहरी सहायक निरीक्षक नै घुस्याहा बनेपछि

Jan 22, 2018 RSS

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनार्इ दिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले उनलाई सोमबार बालाजुबाट पक्राउ गरेको थियो ।

बुटवलमा कार्यरत रहँदा निज खड्काले एक एक करोड ३० लाख रुपैयाँको कागज बनाइदिने काममा सहयोग गरेको र उक्त कागज आफैँसँग राखी तीन लाख रुपैयाँ घुस मागेको खुल्न आएको पाण्डेयले बताए ।

कागज फिर्ता गरिदिन सेवाग्राहीले पटक पटक माग गर्दा पनि प्रहरी सहायक निरीक्षक खड्काले रकम दिनुपर्ने बताएपछि पीडितले आयोगमा उजुरी गरेका थिए ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।