जाली नेपाली नोटसहित ६ जना पक्राउ

Feb 28, 2018 RSS

प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका पाँच जनालाई नक्कली नोटसहित मंगलबार पक्राउ गरेको छ । बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका दुई व्यक्तिका साथबाट पाँच सय रुपैयाँको नक्कली नोट भोटिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा थप चार जना पक्राउ परेका हुन् ।

धनुषा शर्षा नगरपालिका–९ घर भई हाल ललितपुर नख्खीपोट बस्ने धिरजबहादुर श्रीनेत ठकुरी र भोजपुर खावा–९ घर भई हाल नख्खीपोट बस्ने निगम राईले गत फागुन १२ गते कार्की फामेर्सीमा औषधि खरिद गरी पाँच सय रुपैयाँको नोट दिएकामा औषधि पसलले शंका लागि प्रहरीलाई खबर गरेपछि सो गिरोहबारे खुलेको हो ।

औषधि पसलेले खबर गरेलगत्तै पुगेको महानगरीय प्रहरी वृत्त, कालीमाटीको प्रहरी टोलीले ठकुरी र राईलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ठकुरीको साथबाट ५०० रुपैयाँ दरको थप दुई थान नोट बरामद गरेको थियो ।

उनीहरुसँग प्रारम्भिक सोधपुछ गर्दा सो नक्कली नोट ललितपुर गोदावरी नगरपालिका–४ घर भई हाल ललितपुरको ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी बस्ने मनोज केसीबाट लिएको बताएपश्चात् फागुन १३ गते वर्कसपबाट केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

केसीको शरीर तलासी गर्दा उनसको साथबाट समेत एक थान ५०० रुपैयाँको नक्कली नोट बरामद भएपश्चात् सोधपुछ गर्दा उनले सो नोट सोलुखुम्बु, तिम्ला घर भई हाल काठमाडौँ, कपन बस्ने भेषकुमार थापा मगरबाट लिएको बताएपछि मगरलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

मगरका साथबाट २१ थान पाँच सयको नक्कली नोट बरामद भएपछि आफूलाई रामेछाप, नागदह घर भई हाल गोठाटार बस्ने नेमा तामाङको साथबाट एक हजार रुपैयाँको नक्कली नोट बरामद भएको थियो ।

तामाङले आफूले सो रकम आशीष माझीलाई पनि दिएको माझीलाई पक्राउ गर्दा उनको साथबाट समेत ५०० रुपैयाँको नक्कली नोट बरामद भएको थियो । अनुसन्धानका क्रममा ती नक्कली नोटहरु नेमा तामाङले वीरजगन्जबाट ल्याएको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई काठमाडौँ जिल्ला अदालतबाट खोटाचलन शीर्षक मुद्दामा मुद्दा अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।