८० प्रतिशत हकप्रदको भारी बोकेको बंगलादेश बैंकलाई उठ्नै पर्यो मुस्किल

Jan 25, 2018 merolagani

गतबर्ष ८० प्रतिशत हकप्रद सेयर र १२ प्रतिशत बोनस बाडेर राष्ट्र बैंकले तोकको आठ अर्ब चुक्ता पूँजी पुर्याएको नेपाल बंगलादेश बैंक (NBB) ले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । पूँजी बढेको अनुपातमा बैंकको कमाई बढ्न नसक्दा बैंकको प्रतिसेयर आम्दानी समेत उच्च दरले घटेको छ ।

 

बंगलादेशले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४३ करोड ८० लाख खुद नाफा गरेको छ । जून नाफा गतबर्षको यसै अवधिको तुलनामा करिब १९ प्रतिशत कम हो ।गतबर्ष बैंकले ५४ करोड खुद नाफा कमाएको थियो । 

ब्याज खर्च, संचालन खर्च, कर्मचारी खर्च तथा खराब कर्जाको आकार बढेपछि बैंकको खुद नाफा घटेको हो । बैंकको ब्याज आम्दानी बढेपनि संचालन मुनाफा घटेको छ ।

निक्षेप संकलनमा सामान्य सुधार गरेको बैंकले कर्जा प्रवाह अत्याधिक गरेको छ । बैंकले यसअवधिमा ४१ अर्ब ८९ करोड निक्षेप संकलन गरेर ४१ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप दुई प्रतिशतले बढ्दा कर्जा १३ प्रतिशत भन्दा धेरैले बढेको छ ।

साथै यसअवधिमा बैंकको खराब कर्जा समेत बढेको छ । बैंकको खराबकर्जा ०.९९ प्रतिशतबाट १.४७ प्रतिशत पुगेको छ । जसले गर्दा बैंकको प्रोभिजन रकम बढ्ेको छ । बैंकले प्रोभिजनमा २० करोड रुपैयाँ राखेको छ । अर्कातर्फ खराब कर्जाको असुली समेत गतबर्षको भन्दा कम छ ।

महँगो दरमा निक्षेप संकलन गर्ने होडबाजीका कारण नै बंगलादेश लगायतका बैंकहरुले कमाई बढाउन नसकेका हुन् । बंगलादेशको कष्ट अफ फण्ड समीक्षा अवधिमा ४.४४ प्रतिशतबाट बढेर ७.९२ प्रतिशतमा उक्लिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

त्यस्तै बैंकको आधार ब्याजदर ११.३९ प्रतिशत पुगेको छ । यसअवधिमा बैंकको सिसिडी रेसियो ७९.१३ प्रतिशत छ । सिसिडी निक्कै कसिलो अवस्थामा रहेकाले बैंकले थप निक्षेप संकलन नगरी कर्जा विस्तार गर्न सक्ने अवस्था छैन ।

समीक्षा अवधिमा बैंकले ४ अर्ब १ करोड रुपैयाँको चुक्ता पूँजीलाई बढाएर ८ अर्ब ८ करोड ५६ लाख पुर्याएको छ । झण्डै दोब्बरले पूँजी बढाउँदा खुद नाफा घट्नु नै प्रतिसेयर आम्दानी तल झर्नुको मुख्य कारण हो । गत आर्थिक वर्षको यसै अवधिमा २७ रुपैंया रहेको बैंकको प्रतिसेयर आम्दानी अहिले ११ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष २ अर्ब ५६ करोडबाट २ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।