राष्ट्र बैंकलाई डुबाउन खोज्नेहरु पुगे सर्वोच्च, अर्बौं रुपैंया आर्थिक भार बोकाउने खेल

Jan 26, 2018 Merolagani

- हस्ताक्षर मात्र गर्नेहरु भन्छन्- हामी नभए राष्ट्र बैंक चल्दैन
राष्ट्र बैंक तथा लोक सेवा आयोगले गरेको निर्णयलाई अटेर गर्दै राष्ट्र बैंकका कर्मचारीहरु आफ्नो फाइदाका लागि सर्वोच्च अदालत पुगेका छन् । मुलुकलाई अर्बौ रुपैंयाको भार बोकाउने पक्षमा निर्णय नभए पछि आफुलाई ठुलो आर्थिक लाभ नहुने भन्दै राष्ट्र बैंकका निर्देशकहरुको टोली राष्ट्र बैंक पुगेको हो । उनीहरुले ३० वर्षे सेवा अवधि नहटाए आफुहरुलाई भरपुर आर्थिक लाभ नहुने भन्दै ३० वर्षे अवधि हटाउन सर्वोच्चमा रिट दायर गरेका हुन्&

नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको व्यवस्थाअनुसार ३० वर्षे सेवा अवधि सम्बन्धि व्यवस्था खारेजी आदेशको माग गर्दै रिट दायर गरिएको बताइएको छ । यस अघि ३० वर्षे अवधि हटाउने निर्णय राष्ट्र बैंकले गरे पनि लोक सेवा आयोगले त्यसलाई कार्यान्वायन नगर्न निर्देशन दिएको थियो ।

लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई बैंकका सहायक निर्देशकहरु पूण्यप्रसाद बराल, रवि भण्डारी र उदयकुमार मण्डलले आईतबार दायर गरेको रिट निवेदनमा बैंकको सो विनियमावलीको व्यवस्थाअनुसार ३० वर्षे सेवा अवधि सम्बन्धि व्यवस्था खारेज गर्न माग गरिएको छ ।

 

अनेक समस्या उत्पन्न गराएर प्रभावशाली पदमा बसेका राष्ट्र बैंकका कर्मचारीहरुले राष्ट्र बैंक सञ्चालक समितिलाई आफु अनुकुल निर्णय गराउन बाध्य बनाएका थिए । उक्त निर्णयलाई लोकसेवा आयोगले उल्ट्याए पछि निर्देशकहरु नै नयाँ पुस्ताका कर्मचारीलाई ओझेलमा पार्ने निर्णयको माग गर्दै सर्वोच्च पुगेका हुन् ।

मेरो लगानीलाई प्राप्त जानकारी अनुसार राष्ट्र बैंकको विनियमावलीमा भएको ३० वर्षे सेवा अवधि हटाउन बैंक सञ्चालक समितिले गरेको निर्णय कार्यान्वन नगर्न लोक सेवा आयोगले दिएको सुझाव समेत गैह्रकानुनी भएको रिट निवेदनमा उल्लेख छ ।

निवेदनमा भनिएको छ, ‘कानुनी तथा संवैधानिक हकमा गम्भीर आघात परेको तथा यस सम्बन्धमा कानुनी उपचार प्राप्त गर्ने वैकल्पिक उपाय समेत नभएको हुँदा न्यायका लागि अदालत आएका हौ ।’

पुराना कर्मचारीको अनुभव र आवश्कतालाई मनन गरी विद्ययमान ३० वर्षे सेवाअवधिमा अनिवार्य अवकाश लिनुपर्ने प्रावधान हटाउने निर्णय राष्ट्र बैंक सञ्चालक समितिले गरेको थियो । समितिको निर्णय तत्काल कार्यान्वयन गर्न नहुने सुझाव लोक सेवा आयोगले दिएपछि बैंकका १५० कर्मचारी अनिवार्य अवकास पाउने अवस्थामा छन् ।

राष्ट्र बैंकमा यसै विषयलाई लिएर पटक पटक पक्ष र विपक्षमा आन्दोलन भएका थिए । अवकास पाउने अवस्थामा पुगेकाहरुले आफुहरु वरिष्ठ भएको र आफ्नो अनुभव बिना राष्ट्र बैंकमा काम कार्वाही प्रभावित हुने दाबी गर्दै आएका छन् । तर सबैलाई थाहा भएको विषय यो हो कि, उनीहरु विदेश भ्रमण र अतिरिक्त कृयाकलापमा मात्र व्यस्त हुने गरेका छन् । जसका कारण बैंकमा भएका कतिपय काम कार्वाहीहरु समेत उनीहरुको हस्ताक्षर समयमा नहुँदा थाती लाग्ने गरेका छन् ।

यही अवस्थालाई नजिकबाट नियाकलेका पछिल्लो पुस्ताका कर्मचारीहरु भने नयाँलाई काम गर्ने वातावरण तयार गर्दै राष्ट्र बैंकलाई आर्थिक भार बोकाउनबाट बचाउनु पर्ने बताउँदै आएका छन् । यसका लागि ३० वर्षे सेवा अवधि हटाउन नहुने उनीहरुको तर्क छ ।

वित्तिय क्षेत्र सुधार कार्यक्रम लागु हुँदा सन् २००१ मा नेपाल राष्ट्र बैंकमा ५८ वर्ष उमेर या ३० वर्षे सेवा अवधिमध्ये जुन पहिला आउँछ त्यसैमा अवकास दिने नीति लिएको थियो । अहिले ३० वर्षे अवधि पहिले नै पुरा हुनेहरुको जमात बढ्दै गए पछि डेढ दशक पछि आएर बल्ल त्यो व्यवस्थालाई उल््ट्याउने खेलमा प्रभावशाली तहका कर्मचारीहरु नै लागेका हुन् ।

३० वर्षे सेवा अवधि हटेको खण्डमा राष्ट्र बैंकलाई वार्षिक अर्बौ रुपैंयाको आर्थिक भार पर्ने छ । कति पर्छ भार ? तथ्यांक सहितको यो सामग्री हेर्नुहोस् ।

राष्ट्र बैंकको प्रणालीमा ‘हमला’ गरेर बित्तीय सुधार अभियान नै भताभुंग पार्ने प्रयास

अरु सामग्री पनि हेर्नुहोस् ।

...[सेवा अबधिको विषयलाई लिएर राष्ट्र बैंकमा तनाव, डेपुटी गभर्नर र कर्मचारी युनियनबिच तँ तँ र म म]...

...[राष्ट्र बैंकमा कर्मचारीको अवधि ५८ वर्ष उमेर]...

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।