नेपाल टेलिकमको नाफा घटेपछि प्रतिशेयर आम्दानी सय रुपैयाँ तल झर्यो

Feb 13, 2018 merolagani

नेपाल दुरसञ्चार कम्पनी (NTC) को नाफा गतबर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५ प्रतिशतले घटेको छ। गत पुसको तुलनामा टेलिकमको नाफा ४३ करोड ५७ लाख रुपैयाँले घटेपछि प्रतिसेयर आम्दानी सय रुपैयाँ तल झरेको छ ।

कम्पनीले चालु बर्षको पुस मसान्तसम्म ७ अर्ब ४८ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यसै अवधिमा कम्पनीले ७ अर्ब ९१ करोड ८६ लाख नाफा गरेको थियो।

कम्पनीको सेवा बापतको आम्दानी घटेपछि नाफा घटेको हो । कम्पनीले सेवा प्रदानमार्फत १९ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको छ। गत बर्ष यस्तो आम्दानी २० अर्ब ६४ करोड रुपैयाँ थियो। यसअवधिमा कम्पनीले दुई अर्ब ६६ करोड रुपैयाँ अन्य आम्दानी गरेको छ। कम्पनीको अन्य आम्दानी भने बढेको छ ।

कम्पनीले यस अवधिमा १२ अर्ब ३४ करोड खर्च गरेको छ । गतबर्ष कम्पनीको खर्च ११ अर्ब ७२ करोड थियो । कम्पनीको आम्दानी घटेको छ भने खर्च बढेको छ ।

कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७५ अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको छ।

कम्पनीको आम्दानीमा गिरावट आउँदा प्रति शेयर आम्दानी ६ रुपैयाँले घटेको छ। कम्पनीको प्रति शेयर आम्दानी ९९.७७ रुपैयाँ छ। गतबर्ष प्रतिसेयर आम्दानी १०५.५८ रुपैयाँ थियो । कम्पनीको प्रति शेयर नेटवर्थ पनि ६२५ रुपैयाँबाट ६०२ रुपैयाँमा झरेको छ। मूल्य आम्दानी अनुपात ६.५८ बाट बढेर ८ गुणा पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।