नेपाल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

Mar 14, 2018 Merolagani

नेपाल इन्स्योरेन्स (NICL) को शतप्रतिशत हकप्रद फागुन २९ गते मंगलबार धितोपत्र बोर्डबाट स्वीकृत भएको छ ।इन्स्योरेन्सले गत पुस पहिलो साता एक बराबर एक अनुपातमा ३० करोड १९ लाख ८८ हजार रुपैयाँको ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद जारी गर्न अनुमति माग गरेको थियो ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । ३० करोड १९ लाख ८९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल इन्स्योरेन्सको हकप्रद जारी गर्दा कम्पनीको पूँजी ६० करोड ३९ लाख ७७ हजार रूपैयाँ पुग्नेछ ।

 

इन्स्योरेन्सको शतप्रतिशत हकप्रद समेत पाउने गरि २.२६१९ प्रतिशत बोनस प्रस्ताव गरेकाे छ । बोनसपछि कम्पनीको पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ पुग्नेछ ।

बीमा समितिले निर्देशन बमोजिम निर्जीवन बीमा कम्पनीहरुले अागामी असार मसान्तभित्र एक अर्ब चुक्ता पूँजी पुर्याउनु पर्नेछ । समितिको निर्देशन अनुसार चुक्ता पूँजी कायम गर्न कम्पनीलाई अझ ३८ करोड रुपैयाँ बढी पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड २७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।