स्वदेशी लघुवित्तले सेयरधनीलार्इ शतप्रतिशत हकप्रद जारी गर्ने

Mar 29, 2018 Merolagani

स्वदेशी लघुवित्त (SDESI) ले शतप्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डमा चैत ४ गते निवेदन दर्ता गराएको छ । लघुवित्तले एक बराबर एक अनुपातमा ११ करोड ५० लाख रुपैयाँको हकप्रद निष्काशन गर्न अनुमति माग गरेको हो ।

लघुवित्तले यसअघि नै एनआईसी एशिया क्यापिटलसँग हकप्रद निष्काशन सम्बन्धी सम्झौता गरिसकेको छ । यससँगै लघुवित्तको सेयर निष्काशन क्यापिटल मार्फत हुनेछ । 

स्वदेशी लघुवित्तलकाे तीन लाख कित्ता साधारण सेयर निष्काशन पश्चात कायम १० कराेड पुगेकाे थियाे । गत अावकाे नाफाबाट १५ प्रतिशत बाेनस वितरण गरेकाे लघुवित्तले त्यस पश्चात कायम चुक्त्ता पूँजी ११ करोड ५० लाखको  शतप्रतिशत अर्थात ११ लाख ५० हजार कित्ता हकप्रद जारी गर्न लागेकाे हाे ।

शतप्रतिशत हकप्रद पश्चात स्वदेशी चुक्त्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ । चैत १५ गते बिहीबार लघुवित्तकाे सेयरमूल्य प्रतिकित्ता ५९६ रूपैयाँ रहेकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।