सेयर बजारमा बुधबार अर्ब बढी कारोबार हुनुमा यस्ता देखिन्छन् कारण

Apr 18, 2018 Merolagani

सेयरको उच्च आपूर्तिले वियरिस टेन्ड्रमा रहेको बजार बैशाखपछि बुलिस टेन्ड्रमा जान थालेको छ । बैशाख यता नेप्से परिसूचक ८५.४६ अंकले बढीसकेको छ। बजार बढ्न एउटै कारण मात्र प्रयाप्त देखिँदैन । 

हामीले बजारमा देखिएकाे बुलिस प्रवृत्ति अाउनुमा के के छन् कारण भनेर सेयर बजारसँग सम्बद्द व्यक्तिहरूसँगकाे कुराकानीमा बजार बढ्नुका केही कारणहरू उल्लेख गरेका छाैं।

नयाँ बर्ष लागेपछि कारोबार रकम पनि बढ्दै गएको देखिन्छ । आइतबार ३० करोड ६७ लाख, सोमबार ५७ करोड ६८ लाख, मंगलबार ९६ करोड २८ लाख, बुधबार बजारमा एक अर्ब १२ करोड रुपैयाँको सेयर खरिद विक्री भयो । ६ महिनापछि बुधबार एक अर्ब १० करोड बढीको कारोबार भएको हो । 

यस्ता छन् सेयर बजार बढ्नुको कारण

१. पूर्ण अनलाइन कारोबार प्रणाली

नेपाल धितोपत्र बोर्डले बैशाख २ गतेदेखि सेमी अनलाईन प्रणाली कार्यान्वयनमा ल्याएसँगै आगामी श्रावणदेखि पूर्ण अनलाइन कारोबार प्रणाली लागू हुने विश्वासमा लगानीकर्तामा सेयर बजारमा आकर्षण बढेको हो । सेमी अनलाईन प्रणाली आफैमा केही नभएपनि धितोपत्र बोर्डको अकस्मात बैशाख सुरुवातबाटै यसको लागू गरेकाले आम लगानीकर्ता श्रावणमा पूर्ण अनलाईन प्रणाली कार्यान्वयनमा आउनेमा विश्वस्त भएका छन् ।

२. साना तथा ठूला लगानीकर्ता दुबै सक्रिय

साना तथा ठूला लगानीकर्ता दुबै सक्रिय भएपछि बजारमा चमक छाएको हो । बजारमा घट्दो बजारमा सेयर विक्री गरेर बाहिरिएका ठूला लगानीकर्ता अहिले प्रवेश गरेका छन् भने बजारको वृद्धिसँगै साना लगानीकर्ता पनि बजारमा खरिद बढाउन थालेका छन् जसले बजारलाई माथि उठाउन सहयोग पुगेको देखिन्छ ।

३. पूँजीगत खर्चमा वृद्धि

सरकारले खर्च हुन नसकेको सरकारी खर्च बढाएपछि यसले सेयर बजारमा सकरात्मक प्रभाव पर्न थालेको देखिन्छ । चैत अन्तिममा सरकारलाई बुझाउनुपर्ने कर वापतको भुक्तानी सकिएपछि करदाता त्यसबाट मुक्त भएका छन् । यसले पनि लगानीकर्ता बजार प्रवेशको समय पर्खिएर बसिरहेकोमा बजारमा प्रवेशसँगै बजारमा वृद्धि देखिएको हो ।

४. कारोबार सिजन

गत बर्ष पनि बैशाख महिनामा ६ कारोबार दिनमा सेयर बजारमा एक अर्बभन्दा बढीको सेयर किनबेच भएको थियो । दिनमै अर्ब बढीको सेयर किनबेच हुने गरेको देखिएकाले यो सिजन नयाँ लगानीकर्ता बजारमा प्रवेश गरेसँगै यो समय कारोबारको सिजन रहेकाले पनि अहिलेको समय धेरै कारोबार हुने गरेको देखिन्छ ।

५. घट्दो बजारमा बेचेर बसेका बजार वृद्धिसँगै पुनरागमन

यसअघि बजार घट्दो क्रममा रहँदा सेयर विक्री गरेका लगानीकर्ताले पनि खरिद चाप बढाउन थालेका छन् । पुराना लगानीकर्तामा पनि नेप्से परिसूचकको वृद्धिसँगै बजारमा प्रवेशले बजारलाई थल आड प्रदान गरेको छ ।

६. वैदेशिक ऋण

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई विदेशबाट पैसा ल्याउन स्वीकृती दिएपछि केही बाणिज्य बैंकले प्रक्रिया अगाडि बढाएपछि तरलता संकट समाधान हुने आशामा लगानीकर्ताको मनोबल बढ्न थालेको छ । जसले बजार वृद्धिलाई सहयोग गरेको देखिन्छ ।

७. तेस्रो त्रैमासको प्रतिवेदन प्रतिको आशा

केही लघुवित्त र विकास बैंकको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्न थालेका छन् । कम्पनीहरुले गर्ने प्रगतिको आंकलन गर्दे लगानीकर्ताले राम्रो प्रगति गर्नसक्ने कम्पनीमा लगानी बढाउन थालेपछि पनि बजारमा ठूलो कारोबार हुन थालेको हो । यसले कम्पनीको वित्तीय विवरणमा लगानीकर्ता आकर्षित हुने देखिन्छ ।

८. बजेटमा पूँजी बजार समेटिने विश्वास

सरकारले बजेट निमार्णका लागि बैशाख १५ गतेसम्म सुझाब संकलन आह्वान गरेकाले आगामी बजेटमा सेयर बजारमा देखिएका समस्या बजेट मार्फत सम्बोधन हुने विश्वासले पनि बजार वृद्धिका लागि भरोसा प्रदान गरेको विश्वास गर्न सकिन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।