शेयर बजारमा लगानी गर्दा अपनाउनुहोस् यस्ता रणनीति

Mar 12, 2019 Merolagani

शेयर बजारका लगानीकर्ताहरुका बीचमा कुन बेला शेयर किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर छलफलहरु चलिरहेका पाईन्छ। धेरै लगानीकर्ताहरु शेयर बजार औधी बढेको बेला शेयर किन्न हौसिन्छन् भने शेयर बजार डरलाग्दो किसिमले घटेको बेला भने शेयर किन्न खोज्ने लगानीकर्ताहरु निकै कमै मात्रामा मात्र भेटिने गर्दछ।

अर्कोतर्फ शेयर बजार औसत रुपमा स्थिर जस्तै रहेको बेलामा शेयर किन्नेहरु पनि हुन्छन् । अहिलेको बेला भनेको शेयर बजार स्थिर जस्तै रहेको रहेको बेला हो । केही दिन घट्ने त केही दिनपछि फेरि नेप्से सूचक यस बीचमा चलिरहेको छ । एक हजार एक सय बिन्दुमा टेवा मिलेको बजारले केही दिनयता भने लगानीकर्तामा बजारप्रति केही मात्रामा सकारात्मक भने पक्कै बनाएको छ । 

बैंकको ब्याजदर, शेयर बजार चल्ने अफवाह, पूँजी वृद्धिको चापले बोनस र हकप्रद शेयरको कारण शेयरको अधिक आपूर्ति, नयाँ लगानीकर्ता प्रवेश हुन नसक्नु, संस्थागत लगानीकर्ताहरुको व्यक्तिगत ब्यवहार तथा सरकारप्रति लगानीकर्ताको विश्वासमा आएको कमीले गर्दा बजार करिब तीन वर्ष अगाडिको बिन्दुमासम्म झरिसकेको छ ।

तर शेयर बजारको प्रवृत्ति नै घट्ने र बढ्ने हो । यो शेयर बजारको सुरन्दरता नै हो। कुन बेला शेयर किन्नु चाँही ठीक हो त भन्ने सबालमा भने आ आफ्नै तर्क र धारण पाइन्छ । तर एउटा सत्य चाँही के हो भने शेयर बजार घटेर न्यून बिन्दुमा आएको बेला असल व्यवस्थापनबाट सञ्चालित रहेका, नियमित साधारण सभा सम्पन्न सम्पन्न गर्दै आएका, र प्रत्येक वर्ष लगानीको प्रतिफल वृद्धि गर्दै गइरहेका सूचीकृत कम्पनीमा गरिने दीर्घकालीन लगानी भने सधै फाइदाजन हुने कुरालाई नकार्न सकिन्न ।

कुनै पनि कम्पनीको शेयरको बजार मूल्यलाई प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रति शेयर नेटवर्थ, मूल्य नेटवर्थ अनुपातको आधारमा विश्लेषण गरेर घटी बढी भएको तथ्य पत्ता लगाउन सकिन्छ । तर लगानी गर्दा लगानीमा विविधिकरण, कम्पनीको समष्टिगत अवस्था, व्यवस्थापन, लगानीमा वितरण गर्दै आएको प्रतिफल आदिमा भने लगानी गर्ने व्यक्ति सधै सजग हुन जरुरी हुन्छ। नत्र दुखले कमाएको धनबाट डुबेर टाउको समातेर बस्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले शेयर बजारमा लगानी गर्दा लगानी रणनीति अपनाउनु अपरिहार्य छ।

हरेक आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदन नजिकिँदै गर्दा शेयर बजारले बुलिस प्रवृत्ति लिँदै आएको छ । यस किसिमले अहिलेको समय भनेको कम्पनीको सुक्ष्म विश्लेषण गरेर शेयर किन्ने बेला अहिले नै हो। लगानी गर्दा एउटा कम्पनीमा हैन कम्तिमा १० वटा कम्पनीको शेयर किन्नुहोस शेयर मुल्य घटिरहेको बेला घटाएरै किन्नुहोस् ।

शेयर बजारमा प्रवेश गरी लगानी गर्दा बजारमा चलेको हल्ला र अफवाहबाट जोगिएर विगतदेखि नै राम्रो कमाई गरी प्रतिफल वितरण गर्दै आएको कम्पनीको सस्तो शेयर छान्नु आबश्यक छ । कम्तिमा तीन आर्थिक बर्षदेखि प्रति शेयर आम्दानी बढाउादै लगेका वा पूँजी वृद्धि गर्दा पनि स्थिर रहेको सस्तो शेयरमूल्य भएको राम्रा कम्पनीको शेयर नै छान्नुपर्छ । त्यसैले हल्ला सिर्जना गरेर साना लगानीकर्ताहरुलाई बजार तल्लो बिन्दुमा हुँदा बिक्री गर्न र माथिल्लो बिन्दुमा हुँदा खरिद गर्न प्रोत्साहन गर्ने ठूला लगानीकर्ताहरुको ब्यवहारबाट पाठ सिकेर राम्रा कम्पनीको शेयरमा लगानी बढाउनु बुद्धिमानी हुनेछ ।

अनलाई प्रणालीमा समस्या सिर्जना भइरहेपनि विस्तारै समस्या समाधान हुँदै जानेछ । समस्या आएपछि नै निराकरण गर्दै जाने हो । धितोपत्र बोर्डले मार्जिन कारोबार गर्न नेप्सेलाई निर्देशन दिएर प्रकृया अगाडि बढिसकेको छ । त्यस्तै नागरिक लगानी कोषलाई मार्केट डिलरको रुपमा विकास गर्ने तयारी पनि भैसकेको छ ।

छोटो समयमा नाफा कमाउनैपर्ने ब्यापारी भएर हैन, दीर्घकालीन लगानीकर्ता भएर शेयर बजारमा लगानी गर्नुहोस्। जसले तपाइलाई कालान्तरमा फाइदा नै पुग्नेछ ।शेयर बजार जोखिमको क्षेत्र पनि हो । लगानी गर्नेबित्तिकै कमाइन्छ मात्र भन्ने सोच राखेर वा समाचारको शीर्षक मात्र पढेर अथवा हरेक नेपाली शेयरधनी, जनजनमा शेयर जस्ता लोकप्रिय नाराको भरमा लगानी गर्ने हैन, कम्पनीको आधारभुत अवस्था बुझेर लगानी गर्ने हो । बुद्धि पुर्याईएन र सुरक्षित शेयरमा लगानी गरिएन भने त्यसबाट कङ्गाल पनि बन्नुपर्ने रहेछ भन्ने विगतका कयौं घटनाबाट पाठ सिकेर लगानीको निर्णय गर्नुपर्छ । अल्पज्ञान जहाँ पनि हानिकारक हुनसक्छ, अध्ययनशील बन्नुहोस्, विज्ञता हासिल गर्नुहोस् र लगानीको निर्णय गर्नुहोस् ।

शेयर किन्दा अघिल्लो वर्ष भन्दा गत वर्ष खुद नाफा र प्रतिशेयर आम्दानी बढाएका, जगेडा कोष चुक्ता पूँजीको हाराहारी वा त्यसको आघाभन्दा बढी भएका, निस्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएका, मूल्य आम्दानी अनुपात २० गुणा भन्दा कम भएका, डुबेको ऋण उठाएर र सम्पति बेचेर हैन, ब्याज आम्दानी, सञ्चालन मुनाफा र नियमित कारोबारबाट धेरै कमाएका, पूँजीकोष ११ प्रतिशत भन्दा माथि भएका, हकप्रदको भारी बोकाएर हैन बोनस शेयरबाटै पूँजी वृृद्धि गर्ने क्षमता राख्ने, अघिल्ला वर्षहरुमा लाभांश वितरणको दर बढाउँदै आएका , संस्थागत सुशासन र राम्रा संचालकहरु भएका, मर्जमा गएर लामो समय शेयर कारोबार रोकिने सम्भावना नभएका कम्पनीहरुको शेयर किन्नुहोस् । सूचक घटेको समय भएकाले जोखिम बहन क्षमता भएका यस्ता राम्रा र सस्ता कम्पनीहरु शेयर बजारमा अहिले थुप्रै छन् ।

शेयर बजार क्रमशः बढ्दै जाँदा पहिले शेयर किनेर बसेकाहरु बढेको मूल्यमा सेयर बेच्दै जान्छन्, बजार बढेको हल्ला चारैतिर फैलिएपछि नयाँ र साना लगानीकर्ताहरु बजार प्रवेश गर्ने क्रम पनि तीब्र हुन्छ ।

पुराना र पहिल्यै शेयर किनेर बसेकाहरु बढेको मूल्यमा शेयर बेचेर बाहिर निस्कन्छन्, नयाँ र साना लगानीकर्ताको हातमा महङ्गो शेयर पर्छ । तर बजार सधै बढि पनि रहँदैन, उच्चतम बिन्दुमा पुगेपछि स्थिर हुन्छ वा तल झर्छ तर त्यो उच्चतम बिन्दु कुन हो भनेर कसैले भन्न सक्दैन । त्यसैले आफु कति जोखिममा छु भनेर लगानीकर्ता स्वयंले यकिन गर्नुपर्छ ।

आफुसँग भएको सबै पैसा लगाएर एकैचोटी एउटै कम्पनीको शेयर नकिन्नुहोस् । केही राम्रा कम्पनीहरु छानेर पोर्टफोलियो बनाउनुहोस् र त्यस्ता कम्पनीहरुको शेयर थोरै थोरै किन्नुहोस् । एउटा कम्पनी घाटामा गयो भने पनि अर्को कम्पनीले दिने प्रतिफलले तपाईलाई नाफामा लैजानसक्छ । शेयर किनेर पनि केही लगानी गनेृ पैसा आफुसँग सधै जगेडा राख्नुहोस् । सस्तोमा राम्रो कम्पनीको शेयर किन्ने मौका बजारमा जहिले पनि आईरहन्छ। बजार घटेको बेला सेयर किन्नुहोस् र बढेको बजारमा बेच्नुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।