लगानीकर्ता दशैंखर्च संकलनमा लाग्दा नेप्सेमा दबाब, परिसूचक दोहोरो अंकले घट्यो

Oct 03, 2018 Merolagani

शेयर लगानीकर्ताहरु दशैं खर्चको रकम जोहो गर्नतर्फ लाग्दा नेप्से परिसूचकमा प्रेसर पर्न थालेको छ । जसले शेयर बजार परिसूचक नेप्से बुधबार दोहोरो अंकले घटेको हाे । मंगलबार सामान्य सुधार आएको बजार बुधबार फेरि दोहोरो अंकले घट्न पुगेको छ ।

साना लगानीकर्ता दशैं खर्च जुटाउन लाग्दा तथा ठूला लगानीकर्ताहरु धितोपत्र बोर्डको लगानीकर्ता सप्ताहमा अलमलिँदा बजारमा कारोबार रकम घटेको लगानीकर्ता सराेज घिमिरेले बताए ।

शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तराप्रसाद फुल्लेल बजार घट्ने कारण एउटा मात्र भन्दापनि अन्य कारण पनि हुने हुँदा याे  नै प्रमुख कारण हाे भन्न नमिल्ने उनकाे तर्क गर्छन् । हरेक बर्षजस्तै यो बर्षपनि दशैं नजिकिँदै जाँदा त्यसकाे असर नेप्से सूचकमा पर्नु सामान्य भएको उनकाे भनाइ छ । 

बुधबार नेप्से सूचक १०.७६ अंकले घटेर १२३०.६० अंकमा बन्द भएको छ । यसदिन १६५ कम्पनीका १४ लाख ३६ हजार ५१२ कित्ता शेयर ३७ करोड ४० लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् । अघिल्लो दिन मंगलबारको तुलनामा कारोबार रकम ७ करोड ७९ लाख धेरैले कम हो ।

 

मंगलबार ४५ करोड १९ लाख ९३ हजार रुपैयाँ बराबरमा किनबेच भएको थियो । मंगलबार पनि कारोबार ८ करोडले घटेको थियो ।

बुधबारको बजारमा वाणिज्य बैंकको धेरै कारोबार भएको छ । शिर्ष दश करोबार गर्ने कम्पनीमा ९ वटा वाणिज्य बैंक रहेका छन् भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पनि चौथो ठूलो कारोबार भएको छ ।

सबैभन्दा धेरै कारोबार भएको एनएमबि बैंकको २ करोड ६२ लाखको शेयर खरिद विक्री भएको छ भने दशौं नम्बरमा कारोबार भएको कृषि विकास बैंकको ९९ लाख ६४ हजारको शेयर खरिद बिक्री भयो ।

कारोबारमा आएका ११ उप समूहमध्ये होटल र व्यापार बाहेक बाँकी ९ वटै उप समूहको सूचकमा गिरावट देखिएको छ । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ५१.३८ अंकले घटेको छ । जीवन बीमा, जलविद्युत, विकास बैंक र बैंकिङ्गको इन्डेक्स् पनि दोहोरो अंकले घट्यो ।

बुधबारको बजारमा नाडेप लघुवित्त कम्पनीका शेयरधनीले सबैभन्दा धेरै ९.९१ प्रतिशतले नाफा बुक गरेका छन् । समता माइक्रोफाइनान्सका शेयरधनीले ७.३४, गोखार्ज फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीले ३ प्रतिशतले बढीले कमाएका छन् । विशाल बजार कम्पनी र जेविल्स् फाइनान्सको शेयरमूल्य पनि दुई प्रतिशतले बढेको छ ।

नेपाल हाइड्रो डेभलपर कम्पनी र मेरो माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै पाँच प्रतिशत बढीले गुमाएका छन् । सिन्धु विकास बैंक, महुली सामुदायिक लघुवित्त, गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र स्वरोजगार लघुवित्त कम्पनीको शेयरमूल्य पनि बुधबार ३ प्रतिशत बढीले अवमूल्यन भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।